Shittalpati
आज विश्वआत्महत्या रोकथाम दिवस  

पाल्पा, आज विश्व आत्महत्या रोकथामदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १० मायो दिवस मनाउने गरिन्छ । आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमारहेको छ ।

प्रत्येक वर्ष आत्महत्याको कारण आठ लाख जनाको मृत्यु हुनेतथ्यांकले देखाउँछ । हरेक ४० सेकेण्डमाविश्वमा एक व्यक्तिले आत्यहत्याका कारण ज्यान गुमाइरहेका हुने विश्व स्वास्थ्य संगठनकोतथ्यांक छ । आत्महत्या रोकथाम दिवस मनाईरहँदा नेपालमाभने आत्महत्याको घटनाले बिकराल रूप लिदै गएको छ । नेपालमा बर्षेनीआत्महत्या गर्नेको संख्यामा बृद्धि भैरहेको छ । आत्महत्या गर्नेहरूको संख्या बढ्दै गर्दा रोकथामका लागि उपायको खोजी अव अति आवश्यकभैसकेको छ । आत्महत्या बढ्नुको कारणमा मानसिक समस्यालाई प्रमुखकारण मानिएको छ । त्यसमा पनि गरिवी, पारिबारिक कलह, लामोसमय परिवारबाट अलग हुनु, तनाव, कामको बोझ आदि प्रमुख कारण रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update