Shittalpati
तोलामा २ सय रुपैया बढ्यो सुन

पाल्पा, मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७५५ रुपैयाँ रहेको चाँदी आज १७६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update