Shittalpati
प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौं, एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । खाताबाट गरिएको करकट्टी विवरण आयकर ऐन–२०५८ बमोजिम प्यानमा आबद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्नु आवश्यक रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालय वा बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपबाट प्यान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update