Shittalpati
ढोरपाटनमा एक वर्षमै फल्यो स्याउ

बागलुङ, ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिकोप्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएरलगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।

सडकको बायाँपट्टी ठूलो क्षेत्रफलमालटरम्म फलेका थरिथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ । वर्षौं अघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिदैं आए पनि अपेक्षित उत्पादनहुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो । ढोरपाटन नगरपालिका– ९ काहोमलाल भुसालसहितको समूहले थालेको व्यावसायिक स्याउखेती अहिले यहाँका अन्यकिसानको अध्ययन गर्ने थलोका रुपमा विकास हुँदै गएको छ । मस गाउँसहित ढोरपाटनकोनवी, भूजी, स्यालपाखे, काङ, निसेलढोरको कुँडेलगायत ठाउँमा करिब डेढ दशकदेखिस्याउखेती थालिएकामा अहिले उत्पादनमा किसान केन्द्रित हुन दिन थालेका हुन् । अहिले गाउँका अन्य किसानले पनि नयाँ प्रविधिकोप्रयोग गरी स्याउखेती गर्न थालेका छन् । पछिल्लो समय रैथाने खेती गर्ने किसानले पनिव्यावसायिक खेतीप्रति चासो दिन थालेका हुन् ।

ढोरपाटन– ९ का होमलाल भुसालसहित चिरनघर्ती, कमानसिंह बुढा, झिरमती घर्ती, रुद्र घर्ती र चकेन्द्र घर्तीलेसुरु गरेको स्याउ खेतीलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि लगानी गरेको छ । उनीहरुले एक वर्ष अघि एक हजार तीन सय बिरुवाइटालीबाट ल्याएर लगाउनु भएको थियो । कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदानमाबिरुवा पाउने भएपछि दुई वर्ष अघिदेखि स्याउखेती गर्न जग्गा भाँडामा लिएर सम्याउने कामगरेको होमलालले बताए । उनीहरूले बिरुवा लगाएको एक वर्षमा करिब रुएक लाख ५० हजारको स्याउ उत्पादन भएको भन्दै अब केही दिनमा टिपेर बजार पठाउनेजानकारी दिए। भुसालले भने, ‘पोहोर असारमा लगाएको बिरुवाले अहिले फल दिएपछि हामी धेरै खुसी भएकाछौं, हामीले थालेको स्याउखेतीमा ज्ञान केन्द्रले पनि सहयोग गरेकाले सहज भएको छ ।  इटालीबाट बिरुवा आएको हो, यस वर्षयति परिणाममा फल्ला भन्ने लागेको थिएन, अर्को साल धेरै फल्ने अपेक्षा गरेका छौं ।’ 

किसानचिरनकुमार घर्तीले गाउँमा खाली रहेको जग्गालाई सदुपयोग गरी व्यावसायिक स्याउखेतीथालेको बताए । हालसम्म व्यक्तिगत रुपमा रु २० लाख र कृषि ज्ञान केन्द्रको अनुदानसहित रु २७ लाख लगानी भएको उनले जानकारी दिए । एक हजार तीन सय बिरुवा लगाएकामा करिब एकहजारले फल दिएको भन्दै अझै १० हजार बिरुवा लगाउने योजना रहेको घर्तीले जानकारीदिए । सामूहिक रुपमा करिब एक सय रोपनी जग्गा भाँडामा लिएर उत्तरगंगाअर्गानिक एग्रो प्रालि दर्ता गरेर खेती सुरु गरेको उनले उल्लेख गरे । ‘रोजगारीका लागि विदेश जाँदा पनि दुःखगर्नुपर्छ, स्वदेशमा स्वरोजगारका अवसर सिर्जना गरी मेहनत गर्दा प्रशस्त खाम्दानी गर्न सकिन्छ। अहिले एक सय रोपनीमा १० हजार स्याउ फलाउने गरी काम गरिरहेका छौं’ उनले भने, ‘छ जनाको समूहबाटकाम थालेका छौँ, अब प्राविधिक ज्ञान सिक्न बाँकी छ ।’ 

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले मस गाउँमा इटालियन स्याउ उत्पादन हुने राम्रोहावापानी भएकाले किसानलाई प्रोत्साहन गरी व्यावसायिक बनाउन थालिएको बताए । कृषिनिर्देशनालयले इटालीबाट ल्याएको गोल्डेन, गाला, फूजी र रेड जातको स्याउकाबिरुवा सहयोग गरेको भन्दै केन्द्रलेस्याउलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, मल, सिँचाइलगायतमा सहयोग गरेको उनले जानकारीदिए । केन्द्रले यहाँ चाहिने आवश्यक प्राविधिक सहयोगसमेत निरन्तर गर्दै जाने प्रमुखसिलवालले बताए । परीक्षणका लागि लगाइएको स्याउ राम्रो फलेपछि थप बिरुवा सहयोगगर्दै जाने उनले उल्लेख गरे ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update