Shittalpati
दशैंका लागि १३ असोजदेखि नोट साट्न पाइने

पाल्पा, दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको हो ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर यस वर्ष नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको थियो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको जनाएको छ । डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सुकिला नोट साट्न चाहानेले १८ हजार ५ सय रुपैयाँसम्म पाउने छन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५ सय रुपैयाँ साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update