Shittalpati
दल त्याग गरेका कारण गुल्मी छत्रकोटकी वडा सदस्य नेपाली पदमुक्त

पाल्पा, गुल्मीको छत्रकोट गाउँपालिका –५ की दलित महिला वडासदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो ।

आयोगले वडासदस्य नेपालीले दल त्याग गरेकाले उक्त पद रिक्त रहेको सूचना जारी गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट दलित वडा सदस्य पदमा निर्वाचित नेपालीले दल त्याग गरेकाले उक्त पद स्वतः रिक्त हुन गएको आयोगले विहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

काँग्रेसले उनलाई पदमुक्त गर्न आयोगलाई गरेको सिफारिस अनुसार पदबाट हटाइएको आयोगले जनाएको छ । वडा सदस्य नेपाली राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को नियम २२ को उपनियम २ र ३ बमोजिम पदमुक्त भएकी हुन् । उनी हालै मात्रै नेपाली काँग्रेस परित्याग गरेर नेकपा एमाले प्रवेश गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update