Shittalpati
राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकारको संरक्षण नारामै सीमित

पाल्पा, आज राष्ट्रिय बाल दिवसविभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवसमनाउने गरिन्छ । सोही अनुसार यस वर्षको दिवस शनिबार मनाउन लागिएको हो । 

दिवसको अवसरमा सरकारी तथा गैरसरकारीसंस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालमा २०२१ साल भदौ ४ गतेदेखि बाल दिवस मनाउन थालिएको हो । लोकतन्त्र स्थापना अघिसम्म बाल दिवसको थालनीगरेकी तत्कालीन बडामहारानी रत्नको जन्मदिनमा मनाउने प्रचलन थियो । पछि गणतन्त्रकार्यान्वयनमा आएपछि भने नेपालले बाल अधिकार महासन्धी अनुमोदन गरेको मितिकोस्मरणमा हरेक वर्ष भदौ २९ मा बाल दिवस मनाउने गरिएको छ । बालबालिकाको क्षेत्रमाकाम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई दिवसका दिन भ्याइ–नभ्याई नै हुने गरेको छ । तर बालबालिकाको विकास, सहभागिता र बाल अधिकार संरक्षण कागज र नारामै सीमित छ । उचितस्याहार सुसार, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत बाल अधिकार पनि बालबालिकाले पाउनसकेका छैनन् । बाल अधिकार हनन हुन नदिने तीनै तहका सरकारका योजना कार्यान्वयननहुँदा बालश्रम कायमै छ । सडक बालबालिकाको उद्धार र पुनर्स्थापना पनि कागजमै सीमितछ । बालबालिकामाथि हुने विभिन्न घटना तथा हिंसाअझै पनि उस्तै छन् । सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रमा कुनै पनि खास अध्ययनअनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएकाघटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याङ्क भन्दा धेरै घटना भने अझैसमाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याङ्कलाई हेर्दा चिन्ताजनकअवस्था रहेको पाइन्छ । बालश्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बेचविखन तथा ओसार–प्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजाय जस्ता बालबालिकासम्बन्धी घटनाहरु हुने गर्दछन् ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update