Shittalpati
तानसेनमा मनाइयो राष्ट्रिय बाल दिवस

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ । नेपाल बाल संगठन जिल्ला कार्यसमिति पाल्पाको आयोजनामा ‘बालिकामा लगानी सुनिश्चित भविष्य’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ६० औं बालदिवस मनाइएको हो ।

कार्यक्रममा तीन दिनसम्म सञ्चालित हाजिर जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगितामा विजय हुने प्रतियोगीहरुलाई पुरस्कार तथा सम्मान गरिएको छ ।

कार्यक्रममा प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि तथा पत्रकार सेनानी, संगठनका सल्लाहकार मेघराज शर्माले बालबालिका भविष्यका कर्णधार भएको भन्दै बाल अधिकारको सुनिश्चितताको लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बालमन्दिर प्राथमिक विद्यालयका अध्यक्ष शिव वस्यालले बालमन्दिरको अवस्था बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बालसंगठनका पूर्व अध्यक्षहरु बुद्धि  प्रसाद  शर्मा  र देवराज ढकाल, तानसेन नगरपालिकाकी कार्यपालिका सदस्य सिता बस्नेत, नगर शिक्षा प्रमुख कोपिला न्यौपाने लगायतले बालबालिकाको हक अधिकारका आ–आफ्ना धारणा राखेका थिए । दिवसको अवसरमा बाल मन्दिरमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई अध्यक्ष सोमनाथ शर्माले दोसल्ला ओढाएर सम्मान गरेका थिए । संगठनका अध्यक्ष अर्यालको अध्यक्षता, सचिव नविन थापाको स्वागत, शिक्षिका भावना खनालको सञ्चालनमा कार्यक्रम भएको संगठनका सदस्य राजेन्द्र लिगलले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update