सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ । बढदै गरेको नकारात्मक सोचले सबै भन्दा बढी प्रभाव राजनीति र तिनका नेतृत्वलाई परेको देखिन्छ । राजनीतिक नेतृत्व भने व्यक्तिगत स्वार्थका लागि होस या भोटको आशले होस्र जनतालाई प्रत्यक्ष फाईदा हुने खालका नीति तथा कार्यक्रम बनाउने र त्यसको कार्यान्वयनमा अग्रसर देखिन्छन । जसको कारण जनताको दैनिकीमा सकरात्मक सुधार भएको सजिलै अनुमान लगाउन पनि सकिन्छ । तर यसको विपरीत शिक्षित तथा युवा पुस्तालाई भने नकारात्मक सोच र निराशा गाजिदै गएको देखिन्छ । राम्रो कार्य होस या नराम्रो कार्य होस नकरात्मक आलोचना गर्ने प्रवृत्ती मौलाउदै छ । आफनाले गरेको सबै ठिक अर्काले गरेको सबै बेठिक हो भन्ने धारणा बढदै जानु यसको उदाहरण हो । व्यक्तिगत स्वार्थ परिपूर्ति, कुण्ठा ,गुट र सिमित उद्देश्य परिपूर्तिमा रमाउने प्रवृत्ती व्यक्ती, परिवार ,समाज र राजनीतिक दलहरु भित्र झाँगिदै गएको देखिन्छ । वि.स २०४६ साल पछि प्रजातन्त्रको स्थापनासँगै बनेका सरकारले हालसम्म विकास निर्माण र जनताको जीवनस्तर ,दैनिकी सुधारमा प्रसस्त प्रयास नगरेका पनि होइनन तर केहि वर्गको हेर्ने दृष्टिकोण र राजनीतिक नेतृत्वको कमजोरीमा परिवर्तन आउन नसक्दा नकरात्मकता बढदै गएको देखिन्छ । किन यसो भैरहेको छ यससँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
नेपालमा विकास नभएकै हो त ?
प्रजातन्त्र प्राप्ति पछि हाल सम्मको विकास सुचकलाई हेर्दा नेपालको विकासका केहि पक्षमा ठूलो परिवर्तन आएको देखिन्छ । के राजनीतिक नेतृत्वले विकासनै नगरेको कारण नकारात्मक सोच उत्पन्न भएको हो त ? यसको उत्तरको रुपमा यहाँ एउटा विकासको विगत र वर्तमान अबवस्था देखाउने तालिका प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
विकासका मुख्य प्राथमिकताका क्षेत्रमा भएका सुधारका पक्षहरु :
शिक्षा : प्रजातन्त्र प्राप्ति पछिका सरकारहरुले शिक्षा क्षेत्र सुधारका लागि उपयुक्त योजना तय गरेको कारण सकरात्मक परिवर्तन देखिएको छ । यहि कारण नेपालको शिक्षा लिने लागतमा कमी आएको देखिन्छ । थोरै खर्चमा उच्च शिक्षा लिन सक्ने देखिन्छ । अधिकाश विद्यालयहरु प्रविधी मैत्री बन्दै गएका छन । मुठठी दान ,जग्गा बिक्री र सहयोगका आधारमा विद्यालय सञ्चालन गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । सरकारले विविध अनुदान र सहयोग विद्यालयहरुलाई निरन्तर उपलब्ध गराउन थालेको छ । विद्यालयका भवन आधुनिक र बालमैत्री बन्दै गएका छन ,विद्यालयमा पुस्तकालय , कम्प्युटर ल्याब ,विज्ञान प्रयोगशाला बनेका छन । विभिन्न छात्रवृत्रीको व्यवस्था ,बातावरण र प्रविधिमैत्री कक्षा कोठा निर्माण भएको छ । निःशुल्क शिक्षाको व्यवस्था भएको छ । आर्थिक अभावमा शिक्षा लिनबाट कोहि बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । पछिल्ला बर्षहरुमा शिक्षा क्षेत्रमा आमुलपरिवर्तन र सुधार देखिन्छ ।
स्वास्थ्य: प्रजातन्त्र पछिका सरकारहरुले स्वास्थ्य क्षेत्रमा सुधारका योजना तथा कार्यक्रमहरु ल्याई आम नेपालीको स्वास्थ्य सेवामा पहुँच बढाउदै लगेको देखिन्छ । देशको सुगम क्षेत्रमा मात्रै नभएर दुर्गम क्षेत्र सम्म स्वास्थ्यकर्मीको सेवा विस्तार गरेको छ । हरेक वडाहरुमा निःशुल्क प्राथमिक उपचारको लागि स्वास्थ्य चौकीको व्यवस्था गरेको छ । हरेक स्थानीय तहहरुमा अस्पताल सञ्चालनको योजना तय गरि कतिपय स्थानीय तहले सञ्चालनको तयारीमा रहेको देखिन्छ । स्वास्थ्य विमा ,जेष्ठ नागरीक स्वास्थ्य उपचारको व्यबस्था ,जटिल रोगको उपचारको व्यबस्था गरेको छ , सरकारी अस्पतालको सेवा विस्तार तथा स्रोत साधनले सम्पन्न बनाउदै लगेको देखिन्छ । आमा सुरक्षा कार्यक्रम मार्फत आमा बच्चाको स्वास्थ्य सुरक्षाका लागि विशेष व्यबस्था गरेको छ । यी केहि स्वास्थ्य क्षेत्रमा भएका सकरात्मक सुधार तथा प्रयासहरु हुन ।
सामाजिक सुरक्षा : विश्वका आर्थिक रुपमा सम्पन्न देशहरुले गर्न नसकेको काय सामाजिक सुरक्षाको क्षेत्रमा प्रजातन्त्र पछाडीका सरकारहरुले गरेको देखिन्छ । जेष्ठ नागरिक भत्ता उत्कृष्ट कार्यक्रमको रुपमा रहेको छ । मासिक रुपमा यो भत्ता उपलब्ध गराउदै आएको देखिन्छ भने समय अनुकुल यो रकमलाई बढाउदै लगेको देखिन्छ । यो कार्यक्रममा अपाङग ,असाय, एकल महिला ,दलित समुदायका जनतालाई पनि समावेश गरिएको छ । सरकारी तथा नीजि क्षेत्रमा कार्यरत श्रमिक वर्गको भविष्य सुनिश्चितताको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको थालनी गरेको छ ।
विद्युत /संचार क्षेत्र : प्रजातन्त्र पछिका सरकारहरुले विद्युत उत्पादनलाई प्राथमिकतामा राखेर कार्य गरेका देखिन्छ । विद्युत उत्पादन र विद्युत प्रयोगको जनसंख्यामा तिव्रता पाएको देखिन्छ । देश भित्र हरेक क्षेत्रमा बस्ने करीब ९३ प्रतिशत जनसंख्याले विद्युत सेवा उपभोग गर्न पाएका छन भने भारत र बगलादेशमा केहि मात्रामा विद्युत बिक्रीको सुरुवात भएको देखिन्छ । विद्युत गृहहरुको निर्माणले तिव्रता पाएको देखिन्छ । विद्युत बिक्री गरि ध्जष्तभ मयििभच देश भित्र भित्रयाई अर्थतन्त्र सुधार धेरै टाढा देखिदैन । यसका साथै सञ्चार क्षेत्रमा पनि तिव्र विकास भएको देखिन्छ । गाउँ गाउँमा इन्टरनेटको पहुँच विस्तार भएको छ । हात हातमा मोवाईलको साधन पुगेको छ । सूचना र सञ्चारबाट कोही विमुुख हुनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
यातायात सेवा विस्तार : यातायात सेवा अन्तर्गत सडक सञ्जालले देशभर जोडिएको छ । कालोपत्रेले तिव्रता पाएको छ । कालीगण्डकी करीडोर जस्ता बहुउपयोगि करीडोर बनिरहेका छन । फास्ट ट्रयाक,सुरुङ मार्गले तिव्रता पाएको छ । केवलकारहरु ठाउँ–ठाउँमा बनिरहेका छन । राष्ट्रिय ,अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र संचालनको तयारीमा रहेको देखिन्छ । प्रजातन्त्र पछिको सरकारले यातायातका क्षेत्रमा ठूलो सफलता हासिल गरेको देखिन्छ ।
कुपोषण र भोकमरीको अन्त्य : पछिल्लो समय राज्यले खाद्यन्न उत्पादन र व्यवस्थापनमा विशेष महत्व दिएको कारण कुपोषण र भोगमरीको अन्त्य भएको छ । खान नपाएर भोकै कुनै नेपाली बस्नु पर्ने अबस्थाको अन्त्य भएको छ । यहि कारण नेपालीको स्वास्थ्य अबस्थामा पनि सुधारको अबस्था देखिन्छ ।
नकारात्मक सोच किन उत्पन्न भैरहेको छ त ?
– अधिक राजनीतिकरण ,अस्थिरता र अस्थिर सरकार ।
– आवश्यकता भन्दा कमिशनका लागि योजना तय गर्नु ।
– सार्वजनिक ऋणको अशं बढाउदै लानु ,यसमा नियन्त्रणका लागि कुनै योजना नबनाउनु ।
– संघीयता कार्यन्वयनमा आएता पनि समानुपातिक विकास योजना छनौट गर्न नसक्नु ।
– राष्ट्रियतालाई सस्तो लोकप्रियताका रुपमा प्रयोग गर्नु ,देश हितको पक्षमा एकता प्रस्तुत गर्न
नसक्नु ।
– राजनीतिक दलका जिम्मेवार नेता गैर जिम्मेवार अभिव्यक्ति दिदै हिडनु ।
– जातीयता ,धार्मिकता र क्षेत्रीयतामा खलबल ल्याउने अभिव्यक्ति दिदै हिडनु ।
– राजनीतिक नेतृत्वले जनताबाट नैतिकता , इमानदारी
– जनताबाट आलोचित हुने र अलोकप्रिय निर्णय गर्नु ।
– अपराधी,गुण्डालाई राजनीतिक आरक्षण प्रदान गर्नु ।
– संवैधानिक अगंलाई सरकारले आफु अनुकुल प्रयोग गर्नु ।
– राजनीतिक दलमा गुट ,उपगुटको प्रभाव रहनु ।
– सक्षम वाहिर रहने राजनीतिक भागबण्डालाई प्रोत्साहन गर्दै लैजानु ।
– औद्योगिकरण मार्फत रोजगारी श्रृजना गर्दै लैजान नसक्नु ।
– बढदो व्यापार घाटाको अशंलाई घटाउने योजना तय गर्न नसक्नु ।
– वित्तीय अनुशासन ,विधिको शाशन स्थापित गर्नु नसक्नु ।
– बौद्धिक पलायनलाई रोक्न नसक्नु ।
– उल्लेखित केहि पक्षमा सुधार गर्दै लैजान सकेमा आम जनतामा बढदै गरेको निराशालाई आशामा
– परिणत गर्न सकिने देखिन्छ भने नकरात्मक सोचमा कमी ।
निष्कर्ष:
उपयुक्त कारणले नकारात्मक सोच उत्पन्न हुनु स्वभाविकै हो तर आजभोली स–साना विषय बस्तुलाई लिएर, आफनो व्यक्तिगत स्वार्थ र इगोलाई लिएर अनुपयुक्त कारणले नकरात्मक सोच उत्पन्न हुदै गएको देखिन्छ । नकरात्मक सोच समृद्ध नेपालको बाधकको रुपमा रहेको छ । नकरात्मक सोच सरकार, राजनीतिक नेतृत्वमा मात्रै नभएर परिवार, समाज, साथीभाई र व्यक्ती व्यक्तीमा केन्द्रीत भएको देखिन्छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु स्वभाविक हो तर आज भोलि विचार नमिलेमा, राजनीतिक नमिलेमा, आफनो स्वार्थ पुरा नहुने अवस्थामा राम्रोलाई पनि नराम्रो भन्ने प्रवृत्ती बढदै गएको देखिन्छ ,यसको अन्त्य जरुर छ । झागिदै गरेको नकारात्मक सोचले देशलाई असफलता तीर लान सक्ने भएकोले यसको अन्त्य र सकारात्मक सोचको विकासका लागि नैतिक शिक्षा , आध्यात्मिक शिक्षामा जोड दिनुपर्ने देखिन्छ । यसका लागि सिंगो कर्मचारितन्त्र ,सरकार सञ्चालक राजनीतिक दल ,अन्य राजनीतिक दल र तीनका नेतृत्वकर्ता र आम जनता आ–आफनो ठाउँबाट लाग्न जरुरी देखिन्छ ।