थाकेको मन
बिमला पाण्डे
शरीर भन्दा पहिले मन थाक्छ,
केहि गर्ने आश मनले राख्छ ।
जलेका सपना खरानी बनेर उडिरहे,
जिन्दगीको बाटोमा बेसाहारा गुडिरहे ॥
बन्द कोठा भित्र रूवाईको बास,
लाग्छ सदाका लागि रोकिदिउँ सास ।
मुस्कान नै बन्यो अनुहारको पर्दा,
आफैसँग लुक्दै छु परिस्थितिले गर्दा ॥
कहिलेकाहीँ त जितको मुख देख्न पाउँ,
पिडाको बोझ लिएर कताकता जाउँ ।
मन भारी पोलिरहेछ छाती,
लुटियो निद्रा भन्ने लाग्दैन राती ॥
जिवन चल्दै छ न गलत न सहि,
भबिष्यको चिन्ता आज मै रहि।
पाइलापाइलामा जाग्छन्न सुनौँला आशा पनि,
थाँहा छैन कुन भोकले टिपिन्छन्न गाँसपनि ॥
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्