ओजोन तह अक्सिजनको ३ अणु, तीन परमाणुहरूसँग मिलेर बनेको एक ग्याँस हो । जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२%) मा पाइन्छ । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ । पृथ्वीमा कलकारखाना र सवारी साधनमा प्रयोग हुने इन्धन तथा रसायनबाट निस्केको ओजोन वायुमण्डलमा गएर एकत्रित हुने गर्दछ । यसले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ । जहाँ यसको निर्माण अक्सीजनबाट पराबैजनी किरणहरूको प्रभावस्वरूप हुन्छ ।
ओजोन अक्सीजनको एक माथिल्लो रुप हो । तर पछिल्लो समय ओजन तह पातलीदै जाँदा तापक्रममा पृद्धि भई विभिन्न समस्याहरु निम्तिन थालेको छ । पृथ्वीमा कार्बनको मात्रा बढ्दै जानु र ओजोनको तह पातलिँदै जानु राम्रो हैन । यसले खतराको अवस्था सिर्जना हुने वैज्ञानिकहरुको तर्क छ । जलवायु परिवर्तनका कारण आज सिंगो पृथ्वी जुन अवस्थामा छ, अन्तिम समयसम्म पनि त्यस्तै नरहला भन्न सकिदैन । त्यसैले यसतर्फ समयमै सबैले सोच्नुपर्दछ । हुन त पृथ्वीलाई ढाकेको ओजन तह पातलीदै जाँदा तापक्रममा बृद्धि भई विभिन्न समस्याहरु निम्तिन थाले पछि विश्वभर ओजन तह दिवस मनाउन थालिएको छ । हरेक वर्षको १६ सेप्टेम्बर अर्थात् आजको दिन ओजोन तह संरक्षणका लागि विश्व ओजन तह बचाउ दिवस मनाउने गरिएको हो । यस दिन विश्वभरि विभिन्न कार्यक्रम गरेर मनाइन्छ । ग्लोबल वार्मिङका कारण पृथ्वीको तापमान बढ्दै गएकोमा विश्व समुदाय चिन्तित भइरहेकै बेला यो दिवस मनाइनुलाई सकारात्मक मान्नुपर्छ । तर हरेक वर्ष दिवस मनाइए पनि ओजोन तह संरक्षणमा भने खासै ध्यान नदिइनु विडम्वनाको विषय हो ।
क्लोरोफ्लोरो कार्वन, मिथाइल, ब्रोमाइड, कार्वन टेट्रोक्लोराइड जस्ता क्लोरिन, ब्रोमिन तथा अक्साइड रेडिकल भएका झण्डै ९४ वटा रसायनहरु ओजोन तह विनाशका लागि जिम्मेवार छन् । यसको संरक्षणका लागि सबैभन्दा प्रभावकारी उपाय यसबाट पर्ने नकारात्मक असरहरुको बारेमा चेतना जगाउनु नै हो । वातावरणीय प्रदुषण नियन्त्रणका लागि उद्योग तथा यातायात सञ्चालन र त्यसमा प्रयोग हुने प्रविधि सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनुपर्छ । सबैभन्दा महत्वपूर्ण कार्य त क्लोरोफ्लोरो कार्वन उत्पादन बन्द गर्नु अथवा यसको प्रयोग गर्न निरुत्साहित गर्नु नै उत्तम हुन्छ । विनाश भएको ओजोन तह जति चाहेपनि मान्छेले आँफैं बनाउन सक्दैनन तर त्यसको बचाउ गर्न सकिन्छ भन्ने कुराको मनन हुन आवश्यक छ । तसर्थ यो विषयप्रति समयमै सचेत बन्दै भविष्यका लागि आशावादी चित्र निर्माण गर्ने दिशामा सबैले सोचौं ।