Shittalpati
संविधान दिवस जनस्तरबाटै भब्य रुपमा मनाऔं : मुख्यमन्त्री आचार्य

दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भब्य रुपमा मनाउन आÞवान गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई नागरिक स्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका हुन् ।

आगामी असोज २, ३ र ४ गते प्रदेशले दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेकाले जनताले पनि सोही अनुसार भव्य र सभ्य तरिकाले दिवस मनाउनुपर्नेमा उनले जोड दिए । असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाई गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परिक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेभसाईडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गर्ने बताईएको छ । यस्तै संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती विषय विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागि फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गरिने भएको छ । आमा नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दिपावली गर्न समेत प्रदेश सरकारले यस अघि नै आÞवान गरि सकेकोको छ । असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित विहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रशारण आम सञ्चारका माध्यमबाट गर्न आÞवान गरिएको छ । यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाईएको छ ।


 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update