Shittalpati
‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता

मन गहिरे

पाल्पा, जिल्लाको तानसेनमा ‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता भएको छ । टेक्निकल टिचर्स एसोसियन (टिटिए) पाल्पाको आयोजनामा प्राविधिकधार सञ्चालित सामुदायिक विद्यालयस्तरीय माध्यामिक तहको ‘रोल अफ टेक्निकल एजुकेसन इनइन्टरनसिप डेभलपमेन्ट’ शिर्षकमा सेमिनार (पावर पोइन्ट प्रस्तुतिकरण प्रतियोगितामा) भएको हो ।

प्रतियोगितामा आधारभुत मा.वि.रामपुर प्रथम, जनता मावि तानसेन द्वित्तीय र लक्ष्मी मावि तानसेन तृत्तिय भएका छन् । प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तिय हुन सफल प्रतियोगीलाई जनही पाचँ हजार ,तीन हजार र दुई हजार प्रदान गरिएको थियो । सम्पूर्ण विद्यालयहरुलाई पनि जनही नगद पाँचसय र प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगितामा सहभागी जिल्लाका ११ वटा विद्यालयका विद्यार्थीहरुको सहभागी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सेनेटरी प्याडकी संस्थापक सञ्चालक उमा अर्यालले आफु उद्यमी बन्दासम्म भोग्नु परेका संघर्ष र संघर्षपछिको सफलता औल्याउदै आजको परिवेशमा सफल उद्यमी बन्न प्राविधिक शिक्षाको महत्व रहेको उल्लेख  गरिन् । कार्यक्रममा विशिष्ट अतिथि शिक्षा तथा समन्वय एकाइ पाल्पाका प्रमुख प्रेमराज खनाल, नेपाल दुरसञ्चार प्राधिकरणका प्रमुख ई. राकेश पाण्डे सुन्तलाजात फलफूल  विकास केन्द्रका प्रमुख जोगेन्द्र कान्दु, प्रा.स. अब्दुल सलाम मुशलमान,प्रधानाध्यपक विष्णु सिग्देल, हरि घिमिरे, कृष्ण प्रसाद खनाल लगायतले प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले टेक्निकल टिर्चस एसोसियसन पाल्पाले उत्कृष्ट कार्य गरेको बताए । यस्ता कार्यक्रमहरु ल्याएर प्रतियोगिता गराउँदा थप हौसला बढेको भन्दै यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुु पर्ने प्रतियोगितामा सहभागी छात्रा दिक्षा पाण्डेले बताइन् । टेक्निकल टिचर्स एसोसियसनका जिल्ला अध्यक्ष इ.तिलकराम भण्डारीको अध्यक्षता, निरज श्रेष्ठको स्वागत, मिथिलेश कुमार कापरी र होम बहादुर खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update