Shittalpati
सुुन तोलाकै १ लाख ५७ हजार ३ सय  पुुग्यो

पाल्पा, नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो । आइतबारका सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकिएको थियो । शनिबार सुनचाँदीको भाउ तोकिँदैन । शुक्रबार भने सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । शुक्रबार भने बिहीबारको तुलनामा एक तोलामै ३ हजार रुपैयाँले भाउ बढेको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

सुनको भाउले अझै बढ्ने क्रम जारी छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update