Shittalpati
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्य  प्रतितोलामा छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला र एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि रु एक लाख ५६ हजार सात सय निर्धारण भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा  १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने एक हजार नौ सय पाँच निर्धारण भएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update