Shittalpati
श्रद्धाकर्म सोह्रश्राद्ध

आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसमा द्रिवंगत सबै पितृहरूको कल्याण गर्ने उद्देश्य राखेर पिण्डद्रान गर्ने पर्व सोहश्राद्ध हो । एक पक्षमा पन्ध्र तिथि हुने भए पनि भाद्र्र शुक्लपूर्णिमाद्रेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो ।

बडाद्रसैंको नजिकै पितृकार्य सम्पन्न गरेर चाडपर्व मनाउने परम्पराअनुसार आफ्नो घर, डेरा, त्रिवेणी, द्रोभान, घाटलगायत अन्य तीर्थस्थलमै भए पनि पितृको श्राद्ध तथा तर्पण गरि यो पवित्र कार्य गरिन्छ । आश्विन कृष्ण पक्षका १६ द्रिन पितृलोक पृथ्वीको सबैभन्द्रा नजिक आउँछ र त्यसबेला पितृले आफ्ना सन्ततिका गतिविधि नियालिरहेका हुन्छन् भन्ने हाम्रो धार्मिक मान्यता छ । विशेषतःसूर्य कन्या राशिमा प्रवेश गद्र्रा यो पर्व पर्छ । हिन्द्रु धर्ममा विशेष रुपमा लिइने सोह्र श्राद्ध आजद्रेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपद्राद्रेखि आश्विन शुक्ल प्रतिपद्रासम्म गरिने सोह्र श्राद्धअन्तर्गत पहिलो द्रिन आज प्रतिपद्रा तिथि श्राद्ध गरिन्छ । श्राद्धको मूल भनेको श्रद्धा हो । विनाश्रद्धा श्राद्ध हुनै सक्तैन । श्रद्धायुक्त भएर गरिने कर्मविशेष नै श्राद्धपद्रले प्रशंसित छ । श्राद्धकर्म शास्त्रोक्त विधिनिद्र्रेशलाई परिपालन गद्र्रै सम्पन्न गरिन्छ । यसको छुट्टै पद्धति रहेको छ । देशकाल तथा परिस्थिति अनुकूल हुने गरी उपयुक्त तिथि अनुसार पद्धति अनुरूपका प्रविधि प्रयोग गद्र्रै श्राद्धकर्म पूर्ण गरिन्छ ।

सनातन धर्ममा वर्णाश्रम धर्मका अनुयायीहरू पितृऋणत्राट मुक्त हुनका लागि तर्पण र श्राद्ध गर्नुपर्छ । द्विजातिलाई नित्यकर्म सन्ध्याबन्द्रनका साथ जलले तर्पण गर्ने निद्र्रेशन शास्त्रद्वारा प्राप्त छ । मरणपछि तर्पण द्रिएर तृप्त गर्ने सन्तान होस् भन्ने प्रबल इच्छा सनातन धर्मका अनुयायीहरू सबैमा हुन्छ । यो आफैमा सकारात्मक छ । जुन पिता माताबाट हामीलाई यो शरीर मिल्यो, लालन पालन भयो मरेपछि उनीहरूका लागि कुनै विशेष सत्कार गर्न सकेनौं भने त्योभन्द्रा ठूलो कृतघ्नता अरू केही हुन सक्द्रैन । मातापिताको ऋण सय वर्ष भोग्न सयौं जन्मसम्म पनि तिर्न सकिँद्रैन । उनीहरूको नाममा द्रान गद्र्रा उनीहरूको आत्मा तृप्त हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । हिन्द्रू समाजमा सोह्रश्राद्धको आफ्‘नै महत्व रहेकाले तिथि बिर्सने र यो क्रम तोडिनुचाहिँ कद्रापि हुँद्रैन । यसर्थ हाम्रो सनातन धर्म र संस्कृतिको जर्गेना तथा संरक्षण गर्नु सबैको परम कर्तव्य हो । 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update