Shittalpati
तोलामा तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० निर्धारण भएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update