Shittalpati
‘संविधानले दिएको अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गर्न हुँदै’

देउखुरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गर्न नहुने बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा बुधबार लुम्बिनी प्रदेशमा आयोजना गरिएको ‘संघीयता सवलीकरण’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकारमाथि संघीय सरकारले कुनै पनि बहानामा हस्तक्षेप गर्न नहुने बताएका हुन् । ‘संविधानले स्पष्ट रूपमा प्रदान गरेका अधिकारमाथि कसैले कुनै पनि बहानामा हस्तक्षेप गर्न हुँदैन,’ उनले भने, ‘संविधानले दिएको कुनै पनि अधिकार संघले रोक्न पाउँदैन, प्रदेशको बजेट रोकेर ऋणात्मक बनाउनु संविधान विपरीत हो ।’ त्यसमा संघीय सरकारका सांसदहरू नै अनुदार बनेको उनले आरोप लगाए । 

प्रदेश सरकारले संविधानमा उल्लेखित अधिकार अनुसार समानीकरण अनुदान प्राप्त गर्न नसक्दा आर्थिक क्षेत्रमा धेरै जटिलता देखिएको पनि मुुख्यमन्त्री आचार्यले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update