Shittalpati
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दाङ, दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा दुुई जनाको ज्यान गएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ बेलदमारमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ नवलपुरका २२ वर्षीय श्रवनकुमार पुनः र मोटरसाइकलमा सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुुसार दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि लमही अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update