Shittalpati
बौद्ध विश्वविद्यालयको उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्ने

लुम्बिनी, प्रतिनिधिसभा शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले विशिष्टिकृत विश्वविद्यालयका रूपमा स्थापित विश्वविद्यालयको शैक्षिक उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ । 

समितिले लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्या समाधान लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीरूससँगको परामर्शपछि सरकारी अग्रसरताका निम्ति जोड दिएको हो । विश्वविद्यालयको अध्ययनका लागि लुम्बिनी आएको संसदीय समितिको टोलीसँग शिक्षा दिवसको अवसरमा बुधबार भएको छलफलमा बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि बौद्ध विश्वविद्यालयले अन्तर्राष्ट्रिय पहिचान बनाउँदै अन्तरराष्ट्रिय  विद्यार्थी आकर्षित गर्नसक्ने समितिको निष्कर्ष छ । समितिका सभापति अम्मरबहादुर थापाले अन्तरराष्ट्रियस्तरमा यही विश्वविद्यालय फैलिन सक्ने तर यसलाई विशेष महत्व दिएर विश्वविद्यालयका समस्या समाधान तथा उच्च शिक्षाका नीतिका सन्दर्भमा गहन छलफल हुनुपर्ने बताए । संसदीय समितिका सदस्य छविलाल विश्वकर्माले विश्वविद्यालयको देवदह परियोजनालाई सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा राख्नु उपयुक्त हुने भन्दै त्यसका लागि तयारी गर्न आग्रह गरे । 

समितिका अर्का सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालयले भोगिरहेका समस्या समाधानमा छलफल गरेर आवश्यक निर्देशन गरिने बताए । श्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले छोटो अवधिका शैक्षिक कार्यक्रममार्फत अन्तरराष्ट्रिय विद्यार्थी भित्र्याउन नीतिगत व्यवस्था आवश्यक भएको बताए । विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले विश्वविद्यालयकोसमस्याका विषयमा समितिलाई जानकारी गराएका थिए । अर्का सदस्य डिगबहादुर लिम्बूले बौद्ध विश्वविद्यालयको गरिमा कायम गर्नुपर्नेमा जोड दिए । सांसद दीपा शर्माले बौद्ध विश्वविद्यालयको  विश्वमा  शान्ति र मैत्रीको सन्देश प्रवाह गर्ने प्राज्ञिक संस्थाका रूपमा विकास गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update