Shittalpati
सुनको मूल्य तोलामा आठ सयले घट्यो

काठमाडौँ, उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला आठ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि एक लाख ५५ हजार छ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा  १० ले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि एक हजार आठ सय ८० निर्धारण भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update