Shittalpati
सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि

काठमाडौँ, लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update