Shittalpati
पाल्पामा मनाइयो शान्ति दिवस

तानसेन, पाल्पामा विभिन्न कार्यक्रम गरी विश्व शान्ति दिवस मनाइएको छ । तानसेनमा रहेको धर्मचक्र वौद्ध युवा संघ तानसेनको आयोजनामा कैलाशनगरको सांस्कृतिक डवलीमा धार्मिक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।

संघका अध्यक्ष बसन्तलाल बज्राचार्यको सभापतित्वमा भएको धार्मिक कार्यक्रममा आनापाना ध्यान अभ्यास, पञ्चशील, बुद्ध पूजा, परित्राण पाठ, पुण्यानुमोदन गरिएको थियो । हरेक वर्ष सेप्टेम्बर २१ का दिनलाई विश्व शान्ति दिवसको रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९८१ मा नै वर्षमा एक दिन शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update