Shittalpati
लुम्बिनी साहित्य संगमको पहिलो बैठक बुटवलमा

बुटवल, लुम्बिनी साहित्य संगमको पहिलो बैंठक बुुटवलमा बसेको छ । संगम गंठन भएपछिको यो पहिलो बैंठक हो । बैंठकमा परिचयात्मकसँगै शुभकामना आदान–प्रदान गरिएको थियो ।

प्रमुख अतिथि तथा संस्थाका सल्लाहकार डा.घनश्याम परिश्रमीले नेपाली साहित्य क्षेत्रको विकासमा सशक्त ढंगले लाग्न संगमलाई आग्रह गरे । उनले अहिले थुप्रै साहित्य संघसंस्थाहरु खुले पनि प्रभावकारी ढंगबाट नेपाली साहित्यको विकास हुन नसकेको धारणा व्यक्त गरे । सोही अवसरमा विशिष्ट अतिथि एवं सल्लाहकारहरु, प्राध्यापक लक्षीमा ज्ञवाली, राजनप्रसाद पन्त, डा.शंकर गैरे, डा. टंक पन्थ, संस्थाका उपाध्यक्ष डा. कृष्णराज डि.सी.,महासचिव तेजप्रसाद खनाल, सहसचिव मनबहादुर खत्री,कोषाध्यक्ष रमा पन्त, सदस्यहरु दीपक बराल,सरस्वती ज्ञवाली, शंकरप्रसाद आचार्य,सकुन्तला पौडेल, सदस्यहरु कमानसिंह विष्ट, विमला खानाल लगायतले सन्देश मूलक सल्लाह सुझावसहित रचना वाचन गरेका थिए । बैंठकले अध्यक्ष भावना खनालले प्रस्तुत गरेको ११ बुँदे महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ । अध्यक्ष खनालको अध्यक्षता,महासचिव तेजप्रसाद खनालको सञ्चालनमा  कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update