Shittalpati
आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस

पाल्पा, आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै छ । सुनाइसम्बन्धी अपा·ता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष असोज ७ गते  (सेप्टेम्बर २३) का दिन मनाउने गरिएको हो । संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय गरेको थियो ।

युएनको उक्त निर्णयपछि सन् २०१८ सेप्टेम्बर २३ को दिनलाई सांकेतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।  तथ्याड्ढ अनुसार विश्वभर करिब ७ करोड मानिस सुनाइसम्बन्धी अपांगता भएका छन् । २०७८ को गणनाअनुसार नेपालमा ५१ हजार ३ सय ७३ नागरिकमा यस्तो खालको अपांगता छ । तथ्याड्ढ विश्लेषणअनुसार नेपालमा ९ हजार ६ सय ५५ जनालाई सांकेतिक भाषा आवश्यक पर्दछ । संविधानको धारा ३२ (१) ले प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हकको प्रत्याभूति गरेको छ । जसअनुसार मातृभाषा, ब्रेललिपि र सांकेतिक भाषा प्रयोग गर्न सक्छन् । सबै सरकारी कार्यालयमा दोभासे र सांकेतिक भाषा प्रयोग गर्न सक्ने व्यक्तिको व्यवस्था हुनुपर्ने उल्लेख छ । भाषा आयोगले हालै सरकारलाई बुझाएको प्रतिवेदनमा ब्रेललिपि र सांकेतिक भाषा प्रयोग व्यवस्थाबारे यसअघि गरेको सिफारिस आंशिक रूपमा मात्र लागू भएको जनाएको छ । सांकेतिक भाषा तालिमको कमी भएको औंल्याएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update