Shittalpati
प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान

काठमाडौं, सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सयले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै एक हजार सात सयले बृद्धि भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update