Shittalpati
जिल्ला क्रिकेट संघ पाल्पाको साधारण सभा

पाल्पा, जिल्ला क्रिकेट संघ पाल्पाले वार्षिक साधारण सभा गरेको छ । संघले सोमबार  तानसेनमा एक समारोहकाबिच साधारण सभा गरेकोे हो ।

सभाको जिल्ला खेलकुद समिति पाल्पाका अध्यक्ष दिपक घिमिरेले उद्घाटन गरेका हुन् ।  सभाको उद्घाटन गर्दै प्रमुख अतिथि घिमिरेले पछिल्लो समय जिल्लामा क्रिकेट खेल हराउँदै गएको बताए । उनले क्रिकेट खेललाई जीवन्त राख्न खेलकूद समिति र आफु स्वयमं लागि परेको धारणा व्यक्त गरे । अध्यक्ष घिमिरेले क्रिकेट खेलमा भविष्य रहेकाले त्यसतर्फ आकर्षित हुन जिल्लाका खेलाडीहरुलाई आग्रह गरे ।

खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष  तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले सरकारी तवरबाट क्रिकेट खेलप्रति चासो नराख्दा  सम्भावना भएर पनि खेल क्षेत्रको विकास हुन नसकेको बताए । उनले जिल्लामा उपयुक्त खेल मैदान नहुँदा क्रिकेट खेलका गतिविधिहरु हुन नसकेकाले त्यसतर्फ स्थानीय सरकारले ध्यान दिनुुपर्ने उल्लेख गरे । अध्यक्ष अर्यालले भने‘ खेलतर्फ स्थानीय सरकारको लगानी हुन सकेको छैन, जसले गर्दा यहाँका खेल गतिविधिहरुले गति लिन सकेका छैनन् ।’

जिल्ला क्रिकेट संघ पाल्पाका पूर्व अध्यक्ष उपेन्द्र नेपालले क्रिकेट खेलको इतिहास जोगाउन सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए । क्रिकेटलाई व्यावसायिक बाटोमा अघि बढाउने कुरामा तीनै तहका सरकारले चासो देखाउनुुपर्नेमा उनले जोड दिए । ‘नेपाली क्रिकेटलाई स्थापित गर्न संघले निकै ठूलो संघर्ष गर्दै आइरहेको छ । सरकारी स्तरमा नै क्रिकेटप्रति लगानी कम हुँदै गएको अनुभूति हामीले गरेका छौं’ नेपालले भने । संघका सचिव विनोद नेपालको अध्यक्षता, सदस्य पूर्णराज शाक्यको सञ्चालनमा कार्यक्रम  भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update