Shittalpati
पूर्वडीआईजी जोशीलाई हिरासतमा राख्न अनुमति

पोखरा, सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुुमति दिएको छ । 

म्याद थपअघि सरकारी वकिल र जोशीका तर्फबाट बहस भएको थियो । बहसपछि अदालतले जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा आइतबार काठमाडौंबाट पक्राउ परेका जोशीलाई सोही साँझ जहाजबाट कास्की लगिएको थियो । प्रहरीले जरुरी पुर्जी थमाएर पक्राउ गरेकामा सोमबार कार्यालय समयमा जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदनमा जोशीलाई कानुन अनुसार कारबाहीका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update