Shittalpati
राजनीतिक अस्थिरताको दुश्चक्र

नेपाली राजनीतिक वृतमा व्यापक अस्थिरता मौलाएको छ । यसको सही र समयमा दीगो उपचार खोजिएन भने दिन प्रतिदिन समस्याहरु थपिदै जाने बाहेक केही पनि हुन सक्दैन । समयको गति र जनताको सोंच अनि आमजनताको चहानालाई मध्यनजर गरेर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन् अब दलहरुसँग । महँगीले नेटो काटेको छ । वैदेशिक रोजगारीमा जानेहरुको संख्या वृद्धि भए पनि प्राप्त हुने विप्रेषण कम हुँदै जानु भनेको कमाउन गएकाहरुले जहाँ गए त्यही लगानी गरेका छन् भन्ने संकेत हो । विदेशी संचित मुद्राको आकार कम हुँदै जाने अवस्थाबाट पार नलाग्दै, राजनीतिक अस्थिरताको शिकार भएका दलीय कतिपय नेताहरुका आचरण माथि लागेको दांगलाई मेट्न समेत धौं धौ भएको अवस्थामा मुलुक कसरी समृद्ध बन्न सक्छ त भन्ने कठोर जिज्ञासा आम सर्वसाधारणमा व्याप्त छ ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा त्यहाँ विभिन्न खालका उत्ताउँला गतिविधिले गर्दा पनि नेपालको गरिमा विश्वरङ्ग मञ्चमा अत्यन्त्यै दुर्लभ भएको अनुभूति भएको छ । जे भए पनि त्यसलाई दूतावासले विज्ञप्तिवाजी गरेर हल्ला फैलाउँने कार्य गर्नु आफैमा निकृष्ठताको मार्ग दर्शन बाहेक केही पनि हुन सक्दैन । प्रधानमन्त्रीका हरेक कार्यक्रम स्थगन गर्ने कार्यले देश र जनताप्रति ठूलो अपमान भएको महशुस भएको छ ।

नेपालका राजनेताहरुको दैनन्दिनीमा देखिएको अराजकता र अनैतिक क्रियाकलापले गर्दा पनि यी र यस्ता समस्याहरु बढ्दै गएका हुनू । कानूनी दायरामा ल्याउँन खोज्दा दलीय प्रेसर बढ्ने अनि घेरावन्दी गर्ने जस्ता क्रियाकलाप नै मुलुकको राजनीतिक स्थिरताको बाधक हुने बाहेक केही पनि हुन सक्दैन । सहकारी ठगीमा संलग्न केही व्यक्तिलाई कारवाही गर्ने तयारी गरेकै बेला दलीय बचावटका कारण नेताहरुलाई कारवाहीको दायरामा ल्याउन नसक्नु पनि आफैमा गैरजिम्मेवारीको अवस्था हो । रविका समर्थकहरु रविलाई बचाउ गर्दै गर्दा देशको कानून कार्यान्वयन कहाँ र कसरी सम्भव छ भन्ने प्रश्न प्रत्येक नेपालीको मानस्पटलमा रही रहन्छ । दोषी जो र जति सुकै शक्तिशाली भए पनि उन्मुक्ती पाउँनु हुँदैन भन्ने मानसिकताको शिकार भई रहेको खण्डमा यी र यस्ता समस्याहरु समाधानमा समय लाग्न सक्छ । गलतलाई गलत र सहीलाई सही भन्ने मानसिकताको विकास नहुँदासम्म मुलुकले स्थिरताको बाटो पहल्यिाउँन सक्दैन् भन्ने कुरा सबैमा चेतना हुन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update