Shittalpati
बगनासकालीमा सामाजिक सुरक्षा भत्ता लिन ३ हजार १ सय सूचिकृत

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन तीन हजार एक सय बढी लाभग्राही सूचिकृत भएका छन् । गाउँपालिकामा तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका ३ हजार १ सय ४७ जना लाभग्राही सामाजिक सुरक्षा भत्ता दिन सूचिकृत भएका हुन् ।

पालिकाले सूचिकृत भएकाहरुलाई आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक भत्ता लिनका लागि वितरणको तयारी अन्तिम चरणमा पु¥याएको छ । उनीहरूका लागि ३ करोड १४ लाख ८ हजार ९१ रुपैंया निकासा गर्न सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले पालिकाभित्रको सबै वडामा पुगी तयारी पूरा गरेको छ । सामाजिक सुरक्षा शाखा र आर्थिक प्रशासनशाखाको तयारी पूरा भएपछि कोष तथा लेखा लेखा नियन्त्रण कार्यालयबाट सिधै लाभग्राहीको बैंक खातामा रकम जम्मा हुनेछ । दशैं अगाडि नै कार्यालयले आवश्यक प्रक्रिया सम्पन्न हुने गाउँपालिकाका लेखा अधिकृत कोशलराज पौडेलले जानकारी दिए । यस वर्ष सामाजिक सुरक्षा भत्ता दिने लाभग्राही भने घटेका छन् । गत वर्षको तुलनामा २५ जना लाभग्राही घटेका हुन् । गत आर्थिक वर्षको चौथो त्रैमासिकमा ३ हजार १ सय ७२ लाभग्राही थिए । तर चालुआर्थिक वर्ष त्यो संख्या घटेर ३ हजार १ सय ४७ लाभग्राहीमा कायम भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ८२ जना लाभग्राहीले नविकरण गरेको र ६६ जना नयाँ लाभग्राही थप भएको फिल्ड सहायक प्रेम बहादुर बगालेले बताए । उनका अनुसार गाउँपालिकामा २५ जना लाभग्राही देश बाहिर र सम्पर्कमा नआएकोले नविकरण छुट भएका हुन् । सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईका अनुसार चालुआर्थिक वर्ष बगनासकालीमा ६८ वर्ष माथिका जेष्ठ नागरिकको सख्या १ हजार ९ सय ५७ जना, दलित जेष्ठ नागरिक १ सय ४० जना, एकल महिला जेष्ठ नागरिक २ सय ७२ जना, विधवा (आर्थिक सहायता) ४ सय ३५, पूर्ण अपा· ४७ जना जना, अपा·ता ख वर्ग आर्थिक सहायता १ सय ४ जना र दलित बालपोषण १ सय ९२ जना सामाजिक सुरक्षा भत्ताका लागि सूचिकृत भएका छन् ।

विगतमा जस्तै भत्ता लिनका लागि वडास्तरमा वितरण गर्ने गरी पालिकाले तयारी थालेको जनाएको छ । नेपाल बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ । योसँगै बगनासकाली गाउँपालिकाले ग र घ वर्गका लाभग्राहीको लागि वितरण गरिने निर्वाह भत्ताको नविकरण विवरण संकलन समेत सकिएको जानकारी दिएको छ । गाउँपालिकाभित्रका ग वर्गका पहेंलो कार्डका लागि मासिक ५ सय र घ वर्ग सेतो कार्ड हुने अपागंता भएका लागि मासिक ३ सय निर्वाह भत्ता विरण गर्दै आएको छ । ग र घ वर्गका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले अर्धवार्षिक रूपमा लाभग्राहीको खातामा जम्मा गर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update