नित्यानन्द पाण्डे (अपरिचित)
क्षितिज हेरेर देखिएका सपनाहरु
बर्तमानमा भोगिएका विपनाहरु
बाचा बन्धन र प्रबन्धहरु
सुकोमल निश्चल सम्बन्धहरु
लागेथ्यो कहिल्यै पुरानिदैनन्
लागेथ्यो कहिल्यै सकिदैनन्,
यहाँ त आमा छोराकै सम्बन्ध धुमिल देखियो
अपरिचित नै धेरै घुलमिल देखियो
खोई बुझ्नै सकिएन कसैको बानी
बरु पराईले दियो ज्वरोमा तातोपानी
शिशिरको सिरेटो नसकिदै,
सम्भव कसरी छ न्यानो घाम
त्यसैले त विरानियो आफ्नै गाम
यहाँ त जे पनि सम्भव छ, समयको पर्खाई मात्र जरुरी
होईनलाई हो र हो लाई होइन भन्ने मजबुरी
भोकै नाङ्गै परेका आँतहरु
अनिदोमै बितेका रातहरु
कसैले देख्दैन प्रीय
कसैले लेख्दैन प्रीय
देख्छ त केवल फेसबुकका वालहरु
सुमधुर ‘रिलका’ चालहरु
सुकोमल जिउडालहरु देख्छ
अनी त्यसकै कविता लेख्छ ।
त्यसैले,
सपना सजाईएका आँखाहरु धुनोस्
छाडेर अपेक्षा कसैले चुनोस्
अब आफ्नै राज्य निर्माण गर्न
रहरले चुनौतीका मिहिन तर्न
कम्मर कसेर लाग्नुस
नसुत्नोस अब त जाग्नुस