Shittalpati
वरिष्ठ लोक गायकद्वय रायमाझीलाई मातृ शोक

पाल्पा, नेपाली लोक संगीतका नक्षत्र तथा वरिष्ठ लोकगायकद्वय नारायण रायमाझी र दुर्गा रायमाझीलाई मातृ शोक परेको छ । पाल्पा माथागढी गाउँपालिका झडेवा निवासी उनीहरूकी ममतामयी माता कृष्णकुमारी रायमाझीको विहीबारराती काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो ।

रायमाझीको शुक्रबार बिहान पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्त्यष्टि गरिएको रायमाझी कूलदेवता तानसेन नगर समितिका सचिव खिमबहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार रायमाझीको काजक्रिया पशुपतिमै गरिएको छ । स्वर्गीय रायमाझीका श्रीमान सूर्यबहादुर रायमाझी, तीन छोरा र २ छोरी रहेका छन् ।

तीमध्ये नारायण र दुर्गा लोक संगीत क्षेत्रमा आवद्ध छन् भने अर्का जीवन रायमाझी शिक्षण पेशाबाट निवृत्त भएका छन् । स्व. रायमाझीको जेठा छोरा लक्ष्मण रायमाझीको भने दुई दशक अगाडि नै निधन भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update