Shittalpati
कैलाशनगरको सुकुम्वासी वस्तीमा पहिरो, एक दर्जनघरहरु जोखिममा

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरस्थित देउराली नजिकै सुकुम्वासी वस्तिमा पहिरो गएको छ । विहीबारदेखि परेको निरन्तर अविरल वर्षाका कारण यहाँको वस्तीमा पहिरो गएको हो ।

वस्तीको तल्लो भाग सडक छेउबाट झरेको पहिरोले यहाँका एक दर्जनघरहरु जोखिममा परेका छन् । जोखिम न्युनिकरणका लागि वडा कार्यालयको पहलमा प्लाष्टिक र त्रिपाल लगाइएको छ । घर जोखिममा रहेका स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको वडा कार्यालयले जनाएको छ ।

 अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जानुको साथै सडक अवरुद्ध भएका छन् ।  ठूलो स्केलमा झरेको पहिरोका कारण तानसेन– रिडी सडक खण्डको वनदेवी जनिकैको सडक समेत शनिवार केही समयका लागि बन्द भएको थियो । वर्षाका कारण अन्य ठाउँमा भएका क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update