Shittalpati
पहिरोले बर्तुङ–राम्दी सडक अवरुद्ध

पाल्पा, पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बर्तुङ–राम्दी सडक खण्ड अवरुद्ध बनेको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको अगाहाखोला नजिकै ढुंगासहितको पहिरो खसेपछि सडक शनिबार विहानदेखि अवरुद्ध भएको हो ।

खसेको पहिरो पन्छाउन नसक्दा अहिलेसम्म सडक सुचारु हुन सकेको छैन । पहिरो हटाउने काम भइरहेका सडक डिभिजन कार्यालय  पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिए । उनका अनुसार एक दुई घण्टामा सडक सञ्चालनमा आउने छ । ठूलो पहिरो भएकोले पन्छाउन समय लागेको हो । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग भएर पाल्पा लगायत स्याङ्जा, पोखरा, पर्वत, गुल्मी, अर्घाखाँची, बागलुङ जाने सवारीहरु बाटोमै रोकिएका छन् ।

यता अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल खण्ड भने एकतर्फी सञ्चालमा आएको छ । तिनाउ गाउँपालिका–५, मस्यामको केराबारी नजिक खसेको पहिरो शनिबार बिहान पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update