Shittalpati
पहिरोका कारण अगाहाखोला बजार जोखिममा

पाल्पा(रम्भा), जिल्लाको रम्भा गाउँपालिका– ३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो ।

पहिरोका कारण अहिलेसम्म यहाँका २० घर परिवार विस्थापित भएका छन् । जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताए । पहिरोले यहाँका घरहरुमा भेल र लेदो पसेको छ । ठूला –ठूला ढुुँगासहितको पहिरो खस्दा बर्तुङ–राम्दी खण्ड समेत लामो समय अवरुद्ध हुन पुुग्यो । बन्द भएको सडक शनिबार राती अवेरसम्म पहिरो सफा गरे पछि एकतर्फी सुचारु भएको अध्यक्ष भण्डारीले शित्तलपाटी डटकमलाई जानकारी दिए ।

उनका अनुसार पहिरोका कारण सडक छेवैमा पार्किङ्ग गरेर राखिएको गाडी समेत पुरिएको थियो । पुुरिएको गाडीलाई अहिले बाहिर निकालिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update