Shittalpati
चोर्दा चोर्दै रंगेहात पक्राउ 

तानसेन, कैलाशनगरकोे बतासे स्थित विज्ञान संकाय क्याम्पस अगाडि आईतबार साझ चोरी गर्दै गरेको अवस्थामा २० वर्षका युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । 

तानपा ५ कैलाशनगरको होटल युनिशामा चिया अडर गरेर शौचालय जान्छु भनेर घर भित्र पसेर दराजखोली नगद तथा सुनका गरगहना पोको पारेर भाग्न लाग्दै गर्दा स्थानीयले देखे पछि निजलाई प्रहरी समक्ष बुझाएका थिए । विशाल नाम बताउने सो युवाले आफ्नो घर पश्चिम पाल्पाको ठीमुरेको ढुस्टुङ्ग बताउँदै आएको स्थानीयले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update