Shittalpati
पहिरोका कारण अगाहाखोलाका २० घर विस्थापित

पाल्पा(रम्भा), जिल्लाको रम्भा गाउँजिल्लाको रम्भा गाउँपालिका–३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो । पहिरोका कारण अहिलेसम्म यहाँका २० घर परिवार विस्थापित भएका छन् । पालिका–३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो । पहिरोका कारण अहिलेसम्म यहाँका २० घर परिवार विस्थापित भएका छन् । 

जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताए । पहिरोले यहाँका घरहरुमा भेल र लेदो पसेको छ । ठूला –ठूला ढुँगासहितको पहिरो खस्दा बर्तुङ–राम्दी खण्ड समेत लामो समय अवरुद्ध हुन पुग्यो । बन्द भएको सडक शनिबार राती अवेरसम्म पहिरो सफा गरे पछि एकतर्फी सुचारु भएको अध्यक्ष भण्डारीले शित्तलपाटी डटकमलाई जानकारी दिए । उनका अनुसार पहिरोका कारण सडक छेवैमा पार्कि· गरेर राखिएको गाडी समेत पुरिएको थियो । पुरिएको गाडीलाई अहिले बाहिर निकालिएको छ । यस्तै जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरस्थित देउराली नजिकै सुकुम्वासी वस्तिमा  पनि पहिरो यहाँका १४ घरहरु जोखिममा परेका छन् । जोखिम न्युनिकरणका लागि वडा कार्यालयको पहलमा प्लाष्टिक र त्रिपाल लगाइएको छ । घर जोखिममा रहेका स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update