Shittalpati
अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली

पाल्पा, प्रधानमन्त्री केपी शर्मा ओली  अमेरिकाबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी भई उनी सोमबार अपरान्ह स्वदेश फर्किएका हुुन् ।

प्रधानमन्त्री ओली स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले स्वागत गरेका थिए ।

अमेरिका भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेन, युएसएआइडीकी प्रमुख समान्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीइओ एलिस अल्ब्राइट र युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनकी डेप्युटी सीईओ निशा बिस्वाललगायतसँग भेटवार्ता गरेका थिए । ती भेटहरूमा अमेरिका र नेपालबीचको बलियो द्विपक्षीय सम्बन्धका साथै नेपालको दिगो र समृद्ध भविष्य सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update