Shittalpati
बैंकसम्म पुग्न नसक्नेलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्न नसक्ने नागरिकहरुका लागि वडाबाटै वितरण गर्न थालेको छ । पालिकाले नेपाल बैंक पाल्पा शाखासँगको समन्वयमा बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपा·ता भएका व्यक्तिहरूलाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।

पालिकाले सोमबारदेखि ८ वटै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । यो असोज २३ गतेसम्म हुने छ । वडा नं. १ चिर्तु·धाराको सामाजिक सुरक्षा भत्ता नेपाल बैंक चिर्तु·धारा, काउण्टरबाट वितरण गरिने गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन् । गाउँपालिकाले वडास्तरमा सहज र सरल सेवा प्रवाह गर्ने उद्देश्यले ज्येष्ठ, असहाय र अपा·ता भएकाहरूको लागि सेवा प्रवाह गर्न लागेको अध्यक्ष चिदीको भनाई छ । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकका अनुसार असोज १४ गते ७ नम्बर वडा कार्यालय खानीगाउँ, १५ गते ६ नम्बवर वडा कार्यालयको गुँगा मा.वि. १६ गते ६ नम्बर वडा कार्यालयकै सीता मा.वि.बाट सुरक्षा भत्ता वितरण गरिनेछ । यस्तै असोज १८ गते ५ नम्बर वडा कार्यालय दर्लमडाडाँ, १९ गते ८ नम्बर वडा कार्यालय बराङ्दी, २० गते ४ नम्बर वडा कार्यालय खानीछाप, २१ गते ३ नम्बर वडा कार्यालय आर्यभञ्ज्या·, २२ गते २ नम्बर वडा कार्यालय पोखराथोक र २३ गते ९ नम्बर वडा कार्यालय चापपानी लिधिनडाडाँमा भत्ता वितरण गरिने छ ।

बगनासकाली गाउँपालिकाभरमा ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल ज्येष्ठ, विधवा आर्थिक सहायता, (क) वर्ग अपा·ता, (ख) वर्ग अपा·ता र दलित बालपोषण गरी ३ हजार १ सय ४४ जना सामाजिक सुरक्षा भत्ता खानयोग्य लाभग्राहीको खातामा ३ करोड १४ लाख ५३ हजार ४ सय ११ रुपैंया सामाजिक सुरक्षा भत्ता रकम जम्मा भइसकेको पालिकाले जनाएको छ । बैंकमा घण्टौं लाइन बसेर टाढाबाट भत्ता लिन जान कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि वृद्धवृद्धाहरू भने उत्साहित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update