Shittalpati
बाढी–पहिरो : मृतकको संख्या दुई सय पुग्यो

पाल्पा, अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म दुईको मृत्यु भएको छ ।  देशका विभिन्न स्थानमा भएका विपद्का घटनाबाट सोमबार साँझासम्म मृत्यु हुनेको संख्या दुई सय पुगेको गृह मन्त्रालयले जनाएको छ ।

उक्त घटनामा परी २६ जना बेपत्ता छन् भने एक सय २७ जना घाइते भएका छन् ।अझै बाढीपहिरोमा परेकाहरुको खोज, उद्धारको काम भइरहेको छ । पहिरोका कारण केही सडकहरु खुलाइएको छ भने केही खुलाउने काम भइरहेको जनाइएको छ । सोमबार साँझासम्मको विवरण अनुसनर देशभर बाढी पहिरोले अवरुद्ध बनेका ३ सय ४५ स्थानमा दुईतर्फी सडक सुचारु भएको छ । त्यस्तै ४ सय ८ स्थानमा भने एकतर्फी मात्र सडक सुचारु रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार नागढुंगा–मुग्लिन सडक अन्तर्गत मौवा खोला, हुक्दीखोला, फिस्लिङ, कालीखोला, सिमलताल, जलबीरे, घोप्टेभिर खण्डमा दुईतर्फी नै सडक खुलेको छ ।

नागढुंगा–मुग्लिन सडक अन्तर्गत झ्याप्लेखोला र जवाङ खोला खण्डमा एकतर्फी मात्र सडक सुचारु छन् । राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update