Shittalpati
बंगलादेशमाथि भारतको क्लिनस्वीप

काठमाडौं, घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै दुई खेलको सिरिज क्लिनस्वीप गरेको छ । ९५ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा यशस्वी जैसवाल ४५ बलमा ८ चौका र १ छक्कासहित ५१ तथा विराट कोहलीले २९ रन बनाए । बंगलादेशका मेहेदी हसन मिराजले २ र ताइजुल इस्लामले १ विकेट लिए । बंगलादेश दोस्रो इनिङमा १४६ रनमा अल आउट भएको थियो । बंगलादेशका ओपनर शाद्मान इस्लामले ५० र मुश्फिकुर रहिमले ३७ रन बनाए । जस्प्रित बुमराह, रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३–३ विकेट लिए ।

    भारतले पहिलो इनिङमा २८५–९ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । ओपनर यशस्वी जैसवालले ५१ बलमा १२ चौका र २ छक्कासहित ७२ रन जोडे । लोकेश राहुलले ४३ बलमा ७ चौका र २ छक्कासहित ६८ रन बनाए । रोहित शर्मा २३, शुभमन गिल ३९, विराट कोहली ४७ रनमा आउट भए । बंगलादेशका मेहेदी हसन मिराज र सकिब अल हसनले ४–४ विकेट लिए । कानपुरमा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेश पहिलो इनिङमा २३३ रनमा अल आउट भएको थियो । ओपनर मोमिनुल हकले १०७ रनको शतकीय इनिङ खेलेका थिए । भारतका जस्प्रित बुमराहले ३, मोहम्मद शिराज, रविचन्द्रन आश्विन र आकाश दीपले २–२ विकेट लिए । पहिलो खेलमा भारत २८० रनले विजयी भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update