Shittalpati
शीत काव्य कृति ‘आहा’ र यसका विशेषताहरू

नेपाली कविता साहित्यको व्यापिकरणका लागि समयको क्रमसँगै विभिन्न विधा, उपविधा र प्रविधाहरू प्रयोगमा आएका छन् । ती लघुविधाहरू विशेषतःद्विपदीयदेखि षड्पदीयसम्मका रहेका छन् । यसै परिप्रेक्ष्यमा चतुष्पदीय लघुकाव्य उपविधाको रूपमा “शीत” को परिकल्पना प्रस्तावना भएको छ । हालसम्म एकल र संगृहित गरी दर्जनौ शीत कृतिहरू प्रकाशित भइसकेका छन् । जसमध्ये आठौं शीत कल्प कृतिको रूपमा “आहा” प्रकाशित भई सार्वजनिकरण भइसकेको छ ।

शीत लघुकाव्य कृति “आहा” प्रकाशित गरी “शीत ईश्वर” को रूपमा प्रतिष्ठापित अलौकिक कवि देशभक्त सिंह कुँवर गण्डकी प्रदेश कास्की जिल्ला पोखरा –१४ मझेरी पाटन निवासी समाजसेवी व्यक्तित्व पिता  क्षेत्रबहादुर कुँवर र ममतामयी माता रामदेवी कुँवरका सुपुत्र हुन् । कवि,गीतकार, गायककार,संगीतकार, गजलकार, लघुकाव्यकार एवं सञ्चारकर्मीको रूपमा समेत स्थापित कवि देशभक्तका कविता, गजल, मुक्तक, नेपाली कविता साहित्यको व्यापिकरणका लागि समयको क्रमसँगै विभिन्न विधा, उपविधा र प्रविधाहरू प्रयोगमा आएका छन् । ती लघुविधाहरू विशेषतःद्विपदीयदेखि षड्पदीयसम्मका रहेका छन् । यसै परिप्रेक्ष्यमा चतुष्पदीय लघुकाव्य उपविधाको रूपमा “शीत” को परिकल्पना प्रस्तावना भएको छ । हालसम्म एकल र संगृहित गरी दर्जनौ शीत कृतिहरू प्रकाशित भइसकेका छन् । जसमध्ये आठौं शीत कल्प कृतिको रूपमा “आहा” प्रकाशित भई सार्वजनिकरण भइसकेको छ ।  शीत लघुकाव्य कृति “आहा” प्रकाशित गरी “शीत ईश्वर” को रूपमा प्रतिष्ठापित अलौकिक कवि देशभक्त सिंह कुँवर गण्डकी प्रदेश कास्की जिल्ला पोखरा –१४ मझेरी पाटन निवासी समाजसेवी व्यक्तित्व पिता  क्षेत्रबहादुर कुँवर र ममतामयी माता रामदेवी कुँवरका सुपुत्र हुन् । कवि,गीतकार, गायककार,संगीतकार, गजलकार,लघुकाव्यकार एवं सञ्चारकर्मीको रूपमा समेत स्थापित कवि देशभक्तका कविता,गजल, मुक्तक,  गरि करिव डेढ दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् । दर्जनौ पुरस्कार,सम्मान र उपाधिहरू प्राप्त देशभक्त विभिन्न सस्थाहरूमा आवद्ध रही अध्यक्ष, प्रवन्ध निर्देशक, संस्था प्रमुख एवं सञ्चालकको रूपमा रही कार्य गर्दै आएका छन् । शीत काव्य साहित्यको इतिहासमा शीत लघुकाव्य संग्रह “आहा” अहिलेसम्मकै सबैभन्दा धेरै शीत संगृहित कृति हो र यसको मोटाइ ४१६ पृष्ठको रहेको छ । कृतिभित्र १४१४ वटा शीतहरू संगृहित रहेकाले मूल्य पनि रू.१४१४– नै रहेता पनि कृति भने कविज्यूले निःशुल्क वितरण गर्दै आएका छन् ।

कृतिभित्र शीतका अतिरिक्त लामा छोटा केही कविता, महनीय उदाहरणहरू, रंगीन चित्र र व्यक्तिगत विवरण समेत रहेका छन् । लघुतम काव्य उपविधा ‘शीत’ का विशेषताहरू जे जति छन् ती सबै विशेषताहरू कृति “आाहा” भित्र छन् । जसलाई यसप्रकार प्रस्तुति गरिएको छ । मौलिक नेपाली लघुतम काव्य उपविधाको रूपमा शीतको परिकल्पना भएको छ । शीत जन्मभूमि नेपालकै माटोमा उत्पत्ति भएको मौलिक नेपाली परिवेश सुहाउँदो कविता भएकाले आहामा मौलिकता रहेको छ । अन्य कविताभन्दा शीत लेख्न सजिलो छ । संरचनाभित्र रहेर अर्थ खुल्ने गरी जे जस्तो लेखेता पनि शीत सजिलै बन्ने भएकोले आहा काव्य सिर्जनामा सरलता छ । नेपाली जनजिब्रोमा रहेका ठेट नेपाली शब्दहरू आगन्तुक शब्दहरू, लुप्त हुन लागेका शब्दहरू, नवीनतम् शब्दहरू सहितको प्रयोगले आहा शीत काव्यमा सहजता थपिएको छ । अक्षरको सबैभन्दा सानो संरचना एकाक्षर भएता पनि एकाक्षरबाट असिमित सिर्जनाहरू गर्न नसकिने भएकोले सबैभन्दा सानो संरचना दुई अक्षरलाई मान्न सकिन्छ । अतः शीत लघुस्वरूपको हुने भएकोले आहामा पूर्णत लघुता रहेको छ । चतुष्पदीय काव्यको संक्षिप्त स्वरूप नै शीत हो । एउटा शीतले संक्षेपमा धेरै कुरा बताउन सक्छ । कृति आहा यस्तै संक्षिप्त्तता भएका शीतले भरिपूर्ण छन् । संरचनात्मक ज्ञानलाई ध्यानमा राखी दुई/दुई अक्षर चार पंक्ति जम्मा आठ अक्षरको संरचनामा शीत काव्य आहा सिर्जना गरिएको छ । शीतको संरचनात्मक ज्ञान, बोध र प्रयोग सजिलो छ । सिकारू एवं क्रियाशील स्रष्टाहरूका लागि शीत सूत्रपूर्ण रहेको छ । अरू काव्यहरूको भन्दा शीतको नियम, सूत्र, सिद्धान्त सजिलो भएकोले आहाको विशेषता भन्नु नै सहज र सरल सूत्रात्मकता भएको काव्य हो ‘ओ नमोनारायणय’ यो अष्टाक्षरी मन्त्र हो । आठ अक्षरमा लेखिने शीत सूक्ति, उक्ति र मन्त्रपूर्ण रहेको हुन्छ । स्थापित र प्रतिष्ठापित स्रष्टाहरूले मन्त्रपूर्ण शीत लेख्दै आएका छन् । आहाभित्र यस्तै शब्द र अर्थपूर्ण मन्त्रात्मकताले युक्त शीतहरू रहेका छन् । चर्र्तुष्पदीय काव्य उपविधाको रूपमा प्रतिपादित शीत अरू काव्यभन्दा पृथक छ र छोटो समयमै शीतले पृथक पहिचान बनाउन सफल भए जस्तै आहा शीत काव्य अरूभन्दा पृथक प्रकृतिको रहेको हो । ईश्वर, आत्मा र प्रकृतिको गहन चिन्तन र ध्यान नै दर्शन हो । सत्य ज्ञान र मूल्यको सोध खोज र सोच गर्ने व्यक्ति नै दार्शनिक हुन् । काव्य साहित्यमा शीत एउटा परिकल्पित दर्शन भएकाले पनि नवीनतम् कृति आहा शीत काव्यमा दार्शनिकता रहेको छ । हिजो आज र भोलिका सत्य तथ्य र कथ्यहरूलाई शीतले व्यापक उजागर गर्दछ । एक श्लोक शीतले पनि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै व्यापकता पाउँदै गएको छ । शीत सिर्जना लेखन, सम्प्रेषण, प्रकाशन र परिचर्चा बढ्दो छ । शीत जुनसुकै भाषामा पनि लेख्न सकिन्छ । काव्य संग्रह आहाले शीतलाई अझ व्यापकता बनाइदिएको छ । आहा शीत महत्वपूर्ण काव्य हो । शीत काव्य पाल्पादेखि जाल्पा हुँदै टाढा–टाढासम्म फैलिएको छ । शीतको सुगन्ध फैलदो छ । शीतले व्यापकता सँगै महकता पाउँदै गएको छ । लघुतम काव्य उपविधाको रूपमा प्रकाशित आहा शीत काव्यले चहकता दिदै आएको छ । सामाजिक सञ्जालभरि शीत लेखिनु प्रकाशजस्तै फैलदै जानु,सजिलै शीत लेखिनु, स्वतस्फूर्त रूपमा शीत कृतिहरू प्रकाशित हुँदै जानु र धेरैले ‘शीत’ रूचाउनु चहकपना नै हो । शीत मुक्तकीय प्रभेदभित्रको लघुतम कविता हो । शीत र अन्य काव्यहरूको निकटतम सम्बन्ध रहेको छ । चर्तुष्पदीय काव्यहरूसँग शीतको कुनै न कुनै रूपमा घनिष्ट सम्बन्ध रहेको छ । शीत, शीतपुष्प, शीतकुञ्ज, शीतद्वीप, शीत ब्रÞमाण्ड र शीत कल्पबिच शीतको घनिष्टता रहेको छ । आहा शीत काव्य संग्रह शीत कल्प कृति हो । विभिन्न नियम÷सूत्र÷सिद्धान्तमा लेखिने शीतमा विविधता पाइन्छ ।

आहाभित्र अनुप्रास मिलेका र नमिलेका शीतमा पनि विविधता छन् । स्रष्टाले देखेको, जानेको, सुनेको र आवश्यक ठानेको समसामयिक कुराहरू काव्यको माध्यमद्वारा अभिव्यक्त गर्नका लागि शीत काव्य अति उपयोगी रहेको छ । आहा शीत काव्यले भूतकालको विश्लेषण, वर्तमानको व्याख्या र भविष्यका लागि सम्भावनाको खोजी गरी समसामियकता प्रदर्शन गरेको छ । “नेपाली लघुकाव्यको श्रीवृद्धिका लागि नवीनतम् योगदान गरौं” भन्ने नाराका साथ प्रतिपादित शीत लघुतम काव्यमा नवीनता पाईन्छ । शीत काव्य आहामा नवीनता छ । शीतलाई वाचन र गायन दुवै गर्न सकिन्छ । गायन गर्दा स्वतन्त्र, छन्द, बहर, आधुनिक एवं लोकलयले काव्यको गेयात्मकतालाई श्रुतिमधुर बनाउँछ । शीतमा भाव सघनता हुन्छ । मनका भाव तर·लाई विशेषतः रस भनिन्छ । शीतमा नवरस मिसाउँदा उत्कृष्ट भाव सघनता भएका शीतहरू सिर्जना हुन्छन् । आहा शीत काव्य यस्तै भाव सघनताले ओतप्रोत रहेको छ । संक्षेपमा चातुर्यतापूर्ण ढ·ले शीत लेख्न सकिन्छ । आहा शीतकाव्यका स्रष्टाले शब्दार्थको प्रयोग गर्दा उत्कृष्ट शब्दहरू चयन गरी चार्तुंयतापूर्ण कार्य गरेका छन् । शीत लेख्न सजिलो छ । सरंचना बुझ्न पनि सजिलो छ । जसरी लेखेपछि शीत बन्छ । शीत काव्य आहा पढेपछि अब मैले कविता पनि लेख्न सक्छु भन्ने जागरुकता आउँदछ । बिम्ब, प्रतिक र रसको प्रयोगले शीतलाई अलड्ढारिक बनाउँछ । छन्द, तुक मिलेका र मुक्तकमा लेखिएका शीतहरू अलड्ढारिक हुन्छन् । संरचनाभित्र रही अर्थपूर्ण शब्द चयन गरी शीत लेख्दा सौन्दर्यता झल्कन्छ । सौन्दर्यताभित्र अलड्ढारिता हुन्छ । अतः अलड्ढारिता हुनु नै शीतकाव्य आहाको विशेषता हो । कविता विधाको काव्य उपविधाको रूपमा परिकल्पना गरिएको शीतको उपयोगिता अन्य नवीनतम् उपविधाहरू भन्दा  केही बढी छ । कविता लेखनको आधारस्तम्भ नै शीतलाई मान्न सकिन्छ । शीतबाट कविता लेखनारम्भ गरी काव्य प्रशिक्षण दिँदै अन्तमा कविता, मुक्तक गजल र छन्द कविता समेत लेखाउन सकिन्छ । वाचन र गायन सजिलै गर्न सकिने भएकाले साहित्यिक कार्यक्रमको शुरूमा वा कविता वाचन गर्दा पहिला १–२ वटा शीत वाचन गर्न सकिन्छ ।

आहा भित्रका केही शीतलाई चर्तुष्पदी नारा (स्लोगन) को रूपमा निर्माण गर्न समेत सकिन्छ । ‘शीत’ नेपाली कविता साहित्यको काव्य उपविधाको रूपमा मौलिक पहिचान सहित प्रार्दुभाव भएकाले यसको आवश्यकता र औचित्यता समेत पुष्टि भइसकेकोले देशभक्तजीको काव्य ‘आहा’ काव्य पारखी र लघु उपविधामा चासो राख्ने सबैका लागि उपयोगी र महत्वपूर्ण नवीनतम्  काव्य कृतिको रूपमा रहनेछ । अलौकिक कवि देशभक्त सिंह कुँवर प्रतिष्ठान नेपालद्वारा प्रकाशित, अग्रज समाजसेवी क्षेत्रबहादुर कुँवर,लोकगीत सम्राट प्रेमराजा महत, प्रा. डा. यमबहादुर पौडेल क्षत्री, छन्दनायक माधव वियोगी, प्रा.डा. कृष्ण बहादुर के.सी.सहित शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीको समीक्षात्मक लेखहरू समेत रहेको “आहा” उदाहरणीय, विचारणीय,अनुसन्धानीय र संग्रहणीय नवीनतम् कृतिको रूपमा रहिरहने छ । कृतिगत सफलताकासँगै कृतिकार चौथो शीत ईश्वर देशभक्त सिंह कुँवरलाई हार्दिक बधाई तथा शुभकामना !
(लेखक शीत काव्यका परिकल्पनाकार, स्रष्टा–समीक्षक हुन् ।) 
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update