Shittalpati
दसैंको पहिलो दिन : पाल्पाका भगवती मन्दिरहरुमा पुजापाठ र भजन किर्तन गर्नेको भिडभाड

पाल्पा, आज बडादशैको पहिलो दिन घटस्थापनाको दिन पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउँ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा दर्शनको लागि  भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् । पाल्पालीहरुले शुभ साईतमा घर–घर, देवीका मठ मन्दिरहरुमा घटस्थापना गरेका छन् । जिल्लाको डाडा टाकुरामा रहेका भगवती दुर्गाका मन्दिरहरु सरसफाई गरी आज नवरात्रदेखी देवीको नित्य पुजा आजा शुरु गरिएको छ ।

पाल्पामा अधिकांश देवी, भगवती, दुर्गाका मन्दिरहरु, डाँडाको टुप्पोमा निर्माण गरिएका छन् । नवदुर्गा शुरु भएपछि भगवती मन्दिरका वरीपरी भक्तजनहरु भजन कृर्तन, दुुर्गा तथा चण्डी पाठ गर्दे देवीको आराधना गर्न भक्तजन जुटेका हुन् । तानसेनको भगवती मन्दिरमा परम्परागत नेवारी भाषाको डाफा भजनले सबैको मन तानेको छ ।  लोपन्मुख अवस्थामा पुगेको नेवारी डाफा भजनलाई संरक्षणको बुढादेखी युवाहरुको सहभागी रहेको छ ।

परम्परागत भजन संस्कृति बुढापाकामा मात्र रहेको अवस्थामा  युवाहरुलाई समेत डाफा भजन स्तुतीमा सहभागी गराएर तानसेनको पुरानो भजन संस्कृतिको जर्गेनाको लागि सहयोग पुगेको संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंहले बताए । भगवती मन्दिरमा तानसेन भजन संरक्षण समिति र भगवती भजन समुहले नियमित रुपमा नवरात्री भरी डाफा भजन गर्दै आएको भगवती मन्दिर गुठी व्यबस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए । तानसेनको भगवती मन्दिर, रम्भापानीको रम्भादेवी मन्दिर, भुवनपोखरीको रैनादेवी मन्दिर, बतासेको कालिका मन्दिर लगायतका मन्दिरमा पुजा आजाको लागि भक्तजनको अध्याधिक भिड हुने गर्दछ ।  पाल्पामा नवदुर्गाको समयमा मन्दिर वरीपरी विभिन्न समुहबाट साहुहिक देवी स्तुती भजन किर्तन गर्ने परम्परा हालसम्म कायम रहेको पाईन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update