Shittalpati
पाल्पामा वर्षाका कारण विद्युतमा क्षति

तानसेन, केही दिन अघि परेको अविरल वर्षाका कारण गएको पहिरोले जिल्लाका विभिन्न  स्थानमा विद्युतमा ठूलो क्षति पुगेको छ । वर्षाका कारण पहिरो जाँदा धेरै ठाउँहरुमा विद्युुतका पोल र ट्रान्सफर्मरमा क्षति पुुगेको हो ।

पाल्पा वितरण केन्द्रका अनुसार तानसेन नगरपालिका– १० को सुनडाँडामा ५० केभी क्षमताको ट्रान्सफर्मरमा क्षति पुुगेको छ । यस्तै रिब्दीकोट गाउँपालिका–१ ख्याहामा पनि २५ केभी ट्रान्सफार्मरमा क्षति पुुगेको छ । पाल्पा केन्द्रलाई सप्लाई दिने बुटवलमा रहेको ३३ केभीको तार चुडेको छ । अहिले त्यो  मर्मत भई सकेको छ । जिल्लाको सिलुवाको ३३ केभी लाईनको चार वटा पोल ढलेको, रुप्सेमा ३३ केभी लाईनको चारवटा पोल ढलेको, बतासेको ११ केभी सात स्थानमा पोल ढलेकोमा प्रायः सबै मर्मत गरिएको वितरण केन्द्रले जनाएको छ । यस्तै बर्षाका कारण जिल्लाका अन्य ठाउँका १६ वटा पोल समेत ढलेका छन् । केन्द्रले केही ठाउँहरुमा मर्मत गरिसेको छ भने केही ठाउँमा गर्दै छ । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update