Shittalpati
पाल्पा उद्योग वाणिज्य संघद्वारा शुभकामना–आदान

पाल्पा, जिल्लाको उद्योगी व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले  सामुहिक रुपमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । संघले जिल्लाका उद्योगी, व्यवसायी,  राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधि,सुरक्षा निकायका प्रमुख, नागरिक अगुवा, पत्रकार, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा सर्वसाधारणहरुको सहभागितामा नजिकिदैं गरेको विजया दशमी, तिहार, नेपाल संवत्, छठ पर्व, ईद लगायतका महान चाडपर्वको असवरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

संघको कार्यालयमा भएको शुभकामना कार्यक्रममा सहभागीहरुले सामुहिक रुपमा एक आपसमा शुभकामना आदान प्रदान गरी खुसी साटा साट, भेटघाट र चियापान गरेका थिए । सहभागीहरुलाई स्वागत गर्दै संघका अध्यक्ष शैलेन्द्र भट्टराईले नेपालीहरुको महान पर्वहरुमा शुभकामना आदान प्रदानले एक आपसमा मित्रभावसँगै आत्मियता बढाउन कार्यक्रम गरिएको बताए । संघका महासचिव समिरमान सिंहको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update