Shittalpati
तानसेनको छेर्लुुङ्गमा आधुनिक ‘भ्यु कटेज’ सञ्चालनमा

तानसेन, कालीगण्डकी करिडोरको रिडी–रानीघाट सडक खण्डको छेर्लुङमा नयाँ र आधुनिक होटलको शुभारम्भ गरिएको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गरी ‘रानीमहल भ्यू कटेज रेष्टुरेन्ट एण्ड लज’ सञ्चालनमा ल्याइएको हो ।

रानीमहल आउने र तानसेन हुँदै गुल्मी जाने पर्यटकहरुका लागि सुुविधा सम्पन्न कटेज सञ्चालनमा ल्याइएको जनाइएको छ । कालीगण्डकी करिडोर आसपास र पर्यटकियस्थल रानीमहलमा आउँने पर्यटकका लागि सेवा सुविधाका लागि सो कटेज सञ्चालनमा ल्याइएको सञ्चालक होटल सरद भट्टराईले बताए ।  उनका अनुुसार होटलमा आरामदायी बास, खाना तथा पार्टी गर्ने व्यवस्था रहेको छ ।

जिल्लामा वर्षेनी करोडका लगानीमा होटलहरु सञ्चालनमा आएपनि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकरुहको सेवा सुविधा अनुरुप होटल नहुँदा पर्यटकहरु पोखरा, काठमाडौं जान बाध्य भएकाले ति पर्यटकहरुको सेवा सुविधालाई मध्यनजर गरी होटल सञ्चालनमा ल्याएको सञ्चालक भट्टराईले बताए ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update