Shittalpati
हिले बचत तथा ऋण सहकारी संस्थाले मनायो साधारण सभा

गुल्मी, जिल्लाको कालीगण्डकी गाउँपालिका –१ हर्मीचौरमा रहेको हिले बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधरण सभा मनाएको छ । सहकारीले एक समारोहका बिच सभा मनाएको हो ।

सभाको कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापा मगरले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका थापाले आर्थिक समृद्धिका लागि सहकारी महत्वपूर्ण रहेको बताए । उनले मुलुकको ठूलो आर्थिक हिंसा सहकारीले ओगटेको उल्लेख गरे । अध्यक्ष थापाले गाउँपालिकाले सञ्चालन गरेका ‘सक्नेले नसक्नेलाई रोजगारी दिऔं’ भन्ने कार्यक्रम प्रभावरी भएको भन्दै हिले सहकारीले पनि शेयर सदस्यलाई उत्पादनसँग जोड्ने कार्यक्रमको सुरूवात गर्न सके स्वरोजगारी बनाउन सकिने बताए । विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष एवं सहकारी अभियान्ता जग्दीश भट्टराईले हिले सहकारी जनमुखी बन्दै गएको बताए । उनले लोकतन्त्रमा सबै शेयर सदस्यको साझा हैसियत बन्ने सबै भन्दा प्रभावकारी र शक्तिशाली बित्तिय निकाय सहकारी भएको धारणा व्यक्त गरे । कार्यक्रममा धितोपत्र मुल्यांकन समितिका संयोजक झविलाल पाण्डे,वडा अध्यक्ष लालु प्रसाद पाण्डे, राधाकृष्ण बचत तथा ऋण सहकारी पुर्तिघाट गुल्मीका शेयर सदस्य अशोक ठकुरी लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पालिका अध्यक्ष थापालाई करूवा मायाको चिनोले सम्मान गरिएको थियो । सोही अवसरमा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल शेयर सदस्य डिल्ली राम पाण्डेका छोरा विष्णु पाण्डे र शिवाखर न्यौपनेको छोरी निशा न्यौपानेलाई नगद र प्रमाणपत्र पत्रले सम्मान गरिएको थियो । राधाकृष्ण बचत तथा ऋण सहकारी पुर्तिघाट गुल्मीले उत्कृष्ट सहकारी अभियानको कार्य गरेको भन्दै सम्मान पत्रले सम्मान गरेको थियो । यस्तै कारोबारमा नियमितता गर्ने असल ऋणी सम्मान अन्तर्गत लुमाकान्त पाण्डे र सुमीकान्ती पाण्डेलाई पनि सम्मान गरिएको छ । उत्कृष्ट कार्य सम्पादन गर्ने सहकारीका कर्मचारीहरू व्यवस्थापक गोपाल प्रसाद पाण्डे, लेखापाल लक्ष्मी पाण्डेलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष चेत नारायण पाण्डेको अध्यक्षता, उपाध्यक्ष चतुर्भुज पाण्डेको स्वागत, सचिव दिल्ली पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update