Shittalpati
दशै तिहार

✍️ बिमला पाण्डे

बा ले मानो पुर्याउन्थे खेतबारी जोतेर,
आमा र म मिली सक्थ्यौँ घर पोतेर ।

साथीहरूको जम्घटसँगै गाउँ रमाइलो हुने छ,
एक वर्षे हर्षमा म घर नहुदा परिवारको मन खिन्न हुने छ ॥

मलिन मुहारमा ओठका रेसा तान्दै खिसिक्क हासेर,
आउने आशमा बहिनी बस्छिन् होला फुलमाला  गासेर ।

देशमै केही गर्नु भन्दै   सबैलाई आशिर्वाद बा ले दिए रे,
आँखाको आँशु नमिठो मुस्कानसँगै धुटुक्क पिए रे ॥

गाउँघर छोडी प्रदेशिने मन पटक्कै थिएन्,
रिनको भार र जिम्मेवारीले देश बस्न दिएन् ।

आउदिन कि खै आउने छु,
लाउदिन कि खै लाउने छु,
पिर नगर्नु बा खरको छानो टिनैले छाउने छु   ॥

यो दशैमा आईन आमा आर्को साल आउने छु,
यो तिहारमा आईन बहिनी आर्को तिहारमा तिम्रै हातको टीका लाउने छु ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update