Shittalpati
सहकारीमार्फत गरिबी निवारण सम्भव : सांसद राना

पाल्पा, लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत गरिबी निवारण सम्भव रहेको बताएका छन् । सोमबार नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले सहकारी क्षेत्रको विकासबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी गरिबी निवारणमा सहयोग पुग्ने बताएका हुन् ।

गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने भन्दै सहकारीमार्फत नै गरिबी निवारण सम्भव भएको उनको भनाइ छ । सांसद रानाले पछिल्लो समय केही सहकारीहरुले गरेका गलत गतिविधिका कारण सिंगो सहकारीप्रति विश्वास गुुम्दै गएकाले सहकारी अभियानमा केही चुुनौति थपिएको उल्लेख गरे । उनले भने ‘अहिलेको अवस्थामा सहकारी सञ्चालकहरु इमान्दारी र पादर्शी हुन जरुरी छ । त्यसो भयो भने मात्र सहकारीप्रति आमनागरिकको विश्वास जाग्छ ।’ सबै सहकारीहरुलाई एकै नजरमा हेर्न नहुुने भन्दै थुुप्रै सहकारीहरुले राष्ट्रहित र जनहितको पक्षमा काम गर्दै  आएकोे सांसद रानाले बताए । उनले भने,‘समस्यामा रहेका सहकारी संस्थाको संख्या औँलामा गन्ने मात्रै छ, सहकारीले गरेका राम्रा कामको भने प्रचारै हुँदैन । उद्देश्यअनुरूप चलेका थुप्रै सहकारी संस्थाले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेका छन् ।’ भूमिको उत्पादकत्व बृद्धि,उन्नत र आधुनिक कृषि उद्योगको विकास बजारिकरण, खाद्य सम्प्रभुता र ग्रामीण गरिबीको जीवनस्तर उकास्ने कार्यतर्फ प्रदेश सरकार लागिरहेको समेत सांसद रानाले बताए । सहकारीका  परिकल्पनाकार समेत रहेका उनले स–सानो पुुँजी भएकाहरुको रकम बचत गरी उनीहरुलाई आर्थिक उपार्जनसँग जोड्ने उद्देश्य राखेर नागरिक सहकारीको स्थापना गरिएको र सोही अनुसार अगाडि बढेको उल्लेख गरे । सांसद रानाले अब बचत र ऋण मात्र प्रदान गर्ने होइन सहकारीले रोजगारी र उद्यमलाई समेत अगाडि बढाउनु अहिलेको आवश्यकता रहको औल्याए । उनले गाउँका युवा र महिलाहरुलाई उत्पादन र उद्यमसँग  जोडेर आत्मनिर्भर बनाउन सकियो भने  मात्र मुलुकको समृद्धि हुने बताए । सांसद रानाले भने,‘व्यक्तिको जीवनस्तर सुधार गर्नु अहिलेको आवश्यकता हो, व्यक्तिको अवस्था सुधार भए मात्र समाज र राष्ट्रको अवस्था सुधार हुन्छ ।’ उनले सहकारी सबैको साझा संस्था भएकाले सहकारीमा आवद्ध सबै व्यक्तिहरुको जिम्मेवारी महत्वपूर्ण हुने धारण व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि हिमालदत्त श्रेष्ठले संस्थाका शेयर सदस्यहरुलाई उत्पादन र रोजगारसँग जोड्न आवश्यक रहेको बताए । उनले अझै पनि दुुरदराजमा रहेका नागरिकहरुको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उनीहरुको जीवनस्तरमा सुुधार ल्याउने गरी अगाडि बढ्न सहकारीलाई आग्रह गरे । सभापति श्रेष्ठले संस्थालाई संस्थागत बनाउने कुरामा सबै सहकारी सञ्चालकहरु एक हुनुपर्नेमा समेत जोड  दिए । उनले भने,‘संस्थामा पद लिनु ठूलो कुरा होइन, कुशल जिम्मेवारी वहन गर्नु महत्वपूर्ण हो, त्यसैले सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गरौं ।’ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले छोटो समयमा नागरिक सहकारीले जिल्लाको वित्तिय क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले सहकारीको प्रतिवेदनले नै सहकारीको अवस्थाका बारेमा प्रष्ट पारेको उल्लेख गरे । अध्यक्ष भट्टराईले उद्योगी, व्यवसायीहरुको समस्या समाधानमा सहकारीसँगै पाल्पा उद्योग वाणिज्य संघ सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

 संस्थाका अध्यक्ष झमन बहादुर राजमगरले आर्थिक वर्ष २०८१/०८२ का लागि कार्यक्रम तथा प्रस्तावहरु सभामा पेश गरेका थिए । उनले एक सदस्यले सदस्य थप गरी साथी जोडौं कार्यक्रम सञ्चालन गरी सदस्य संख्या वृद्धि गर्ने, शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम कार्यक्रमलाई निरन्तरता दिने, सदस्य साझेदारी अन्र्तगत अध्ययन अवलोकन भ्रमण सञ्चालन गर्ने, महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने, लघुुउद्यम सम्बन्धी सीप सिकेका सदस्यहरुलाई आत्मनिर्भर बनाउन युुवा लक्षित कार्यक्रम अन्र्तगत लगानी वृद्धि गर्ने, शेयर सदस्यका परिवारमा दैविप्रकोपबाट धनजनको क्षति भएमा विपद् व्यवस्थापनमा केही राहत उपलब्ध गराउने लगायतका प्रस्तावहरु पेश गरेका थिए । उक्त प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरिएको छ । वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष मगरले २०८१ असार मसान्तसम्म सहकारीले एक करोड ४८ लाख १२ हजार २ सय पुुँजी, ९४ लाख ११ हजार ८ सय ४३ बचत, २ करोड ३८ लाख १४ हजार ५ सय लगानी र १९ लाख १९ हजार ९ सय ५ रुपैयाँ खुुद नाफा गर्न सफल भएको बताए ।

कार्यक्रममा संस्थाका पूूर्वपदाधिकारी रुक्मागत भट्टराई, अशेष भट्टराई, सुुनिता अधिकारी, शान्ता बोहोरा, कान्ता अधिकारी, जेष्ठ नागरिकतर्फ इन्द्रबहादुर रावल क्षेत्री र ज्ञानबहादुर थापलाई सम्मान गरिएको सहकारीका प्रवन्धक डोलराज अर्यालले जानकारी दिए ।

संस्थाकी कोषाध्यक्ष शान्ति झेडीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षक समितिका संयोजक लोकनाथ अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष झमनबहादुर राजमगरको अध्यक्षता, उपाध्यक्ष पुुरुषोत्तम अर्यालको स्वागत, सचिव देवीप्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update