Shittalpati
हुलाक सेवा समय सापेक्ष बनाऊ

आज विश्व हुलाक दिवस । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै यो दिवस मनाउन लागिएको छ । आपसी सद्भाव र सञ्चारको माध्यमको रुपमा रहेको हुलाक सेवालाई थप समन्वयात्मक बनाउने उद्देश्यसहित सन् १८७४ को अक्टोबर ९ मा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष विश्व हुलाक दिवस मनाउने गरिएको हो ।

नेपाल सन् १९५६ मा आएर विश्व हुलाक संघको सदस्य बनेको थियो । त्यहि वर्षदेखि नेपालमा पनि विश्व हुलाक दिवस मनाउन लागिएको हो । नेपालमा वि.सं. १९३५ देखि हुलाक सेवा औपचारिक सुरुवात भएको हो । पछिल्ला वर्षमा सञ्चारका अरु सजिला, छरिता र भरपर्दा माध्यमको विकास तथा पहुँच बढ्दै गएपछि हुलाक सेवा संकटमा परेको छ । प्रविधिको विकाससँगै हुलाक सेवामा चिठी पठाउने र प्राप्त गर्नेहरुको भने अहिले कमी छ । धेरैजसो मुलुकहरुले आफ्नो हुलाक सेवालाई आधुनिकीरण गरी जनतालाई छिटो र छरितो हुलाक सेवा प्रदान गरिरहेका छन् । तर नेपालमा भने कमजोर सरकारी संयन्त्रका कारण हुलाक सेवाप्रति आमजनताको विश्वास घटेर गएको छ । प्रविधि र समयको माग अनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकतानुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो । प्रविधि र समयको माग अनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । अहिले हुलाकको काम सरकारी कागजातहरु ओसारपसार गर्ने र केही कुरियर सेवा दिनुमा सीमित बनेको छ । चिठी पत्र आदान–प्रदान गर्न भने त्यति हुलाकको प्रयोग गरिएको छैन तर अन्य सरकारी कगाजातहरु भने अझै हुलाकमार्फत नै हुने गर्दछ । इमेल इन्टरनेट र मोबाइल सेवाको कारण हुलाकमार्फत चिठीपत्र पठाउने चलन घटेपनि सरसामान पठाउने क्रम भने कायमै छ । नेपाल सरकारले हुलाक सेवालाई समयानुसार परिस्कृत गर्न नसक्दा हुलाकबाट प्रदान गरिने सेवा थप चुनौतिपूर्ण बन्दै गएको छ । यसर्थ हुलाक सेवाको भूमिका महत्वपूर्ण रहेकाले यसलाई समय सापेक्षा रुपमा परिमार्जन गर्ने दिशामा सरकारले सोच्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update